< हिब्रू 3 >
1 त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्टलाई विचार गर ।
第二款 キリストはモイゼに優り給ふ 然れば聖なる兄弟等よ、汝等は天よりの召に與りたる者なれば、我等が宣言[する信仰]の使徒に在し大司祭に在すイエズスの、
2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्वरप्रति विश्वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्वरको घरानामा विश्वासयोग्य थिए ।
恰もモイゼが神の全家に忠義なりし如く、己を立て給ひし者に忠義に在す事を鑑みよ。
3 परमेश्वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ ।
蓋イエズスがモイゼに優りて大いなる光榮を受くべき者とせられ給ひしは、家を造りたる者の其家に優りて尊ばるが如し。
4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्वर नै हुनुहुन्छ ।
家は総て人に造らるれども、萬物を無より造り給ひしは神にて在す。
5 एकातिर, मोशा परमेश्वरका सारा घरानामा विश्वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए ।
而してモイゼが神の全家に忠義なりしは、僕として、後に告げらるべき事を證せん為なるに、
6 तर परमेश्वरको घरानाको जिम्मा पुत्र ख्रीष्टले लिनुभएको छ । यदि हामी निश्चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्न सक्छौँ, कि हामी उहाँका घराना हौँ ।
キリストは子として、神の家に忠義に在せり。若希望による信頼と誇とを終まで堅く保たば、我等ぞ即ち其家なる。
7 त्यसकारण, जसरी पवित्र आत्मा भन्नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने,
此故に聖霊の曰へる如く、「今日汝等其聲を聞かば、
8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
曾て荒野に於て怒の時神を試みし日に在りし如く、心を頑固にすること勿れ、
9 चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे ।
彼處にては、汝等の先祖試みて我を験し、四十年の間我業を見たり、
10 त्यसकारण म त्यस पुस्तासँग अप्रसन्न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’
故に我其時代の人に怒りて謂へらく、彼等は何時も心にて彷徨ひ、我道を知らざりき、
11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”
然れば我怒りて、彼等は我安息に入らじと誓へり」、と。
12 भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्ट हृदय र अविश्वासी नहोस्, जुन हृदयले जीवित परमेश्वरबाट तर्काएर टाढा नलैजाओस् ।
兄弟等よ、汝等の中に、或は不信仰の惡心ありて、活き給へる神に遠ざからんとする事の誰にも之なからん様注意せよ。
13 बरु, जबसम्म “आजको दिन” भन्ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।
寧今日と稱ふる間に、日々相勧めて、汝等の中に罪の欺によりて頑固になる者なからしめよ。
14 यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्टसँगै हामी साझेदार भएका हुन्छौँ ।
我等若始の信頼を終まで堅固に保たば、キリストに與る者と為られたるなり。
15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।”
即ち「今日汝等其聲を聞かば、彼怒の時の如く心を頑固にすること勿れ」と謂はるればなり。
16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र?
聞きて怒らせし人々は誰なるぞ、是モイゼと共にエジプトより出でし凡ての人ならずや。
17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र?
又四十年の間、神は誰に對ひて怒り給ひしぞ、罪を犯して屍を荒野に横たへられし人々に對してに非ずや。
18 तिनीहरू उहाँको विश्राममा पस्न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्नेहरू होइनन् र?
又我安息に入らじと誓い給ひしは、誰に對ひてなるぞ、不順なりし人々に對してに非ずや。
19 र अविश्वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्न नसकेको हामी देख्दछौ ।
我等の見る所によれば、彼等は實に不順の為に入る事を得ざりしなり。