< उत्पत्ति 7 >
1 परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।
여호와께서 노아에게 이르시되 너와 네 온 집은 방주로 들어가라 네가 이 세대에 내 앞에서 의로움을 내가 보았음이니라!
2 हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू ।
너는 모든 정결한 짐승은 암수 일곱씩 부정한 것은 암수 둘씩을 네게로 취하며
3 अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्न सात जोडी भाले र पोथी ल्याउनू ।
공중의 새도 암수 일곱씩을 취하여 그 씨를 온 지면에 유전케하라
4 किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्ट गर्नेछु ।”
지금부터 칠일이면 내가 사십 주야를 땅에 비를 내려 나의 지은 모든 생물을 지면에서 쓸어 버리리라
5 परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।
노아가 여호와께서 자기에게 명하신 대로 다 준행하였더라!
6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।
홍수가 땅에 있을 때에 노아가 육백세라
7 जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।
노아가 아들들과 아내와 자부들과 함께 홍수를 피하여 방주에 들어갔고
8 शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्वरले नोआलाई आज्ञा गर्नुभएझैँ
정결한 짐승과 부정한 짐승과 새와 땅에 기는 모든 것이
9 भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।
하나님이 노아에게 명하신 대로 암수 둘씩 노아에게 나아와 방주로 들어갔더니
10 सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।
칠일 후에 홍수가 땅에 덮이니
11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।
노아 육백세 되던 해 이월 곧 그 달 십 칠일이라 그날에 큰 깊음의 샘들이 터지며 하늘의 창들이 열려
12 चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्यो ।
사십 주야를 비가 땅에 쏟아졌더라
13 त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
곧 그 날에 노아와 그의 아들 셈, 함, 야벳과 노아의 처와 세 자부가 다 방주로 들어갔고
14 हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।
그들과 모든 들짐승이 그 종류대로, 모든 육축이 그 종류대로, 땅에 기는 모든 것이 그 종류대로, 모든 새 곧 각양의 새가 그 종류대로
15 जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।
무릇 기식이 있는 육체가 둘씩 노아에게 나아와 방주로 들어갔으니
16 भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।
들어간 것들은 모든 것의 암, 수라 하나님이 그에게 명하신대로 들어가매 여호와께서 그를 닫아 넣으시니라
17 त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।
홍수가 땅에 사십일을 있었는지라 물이 많아져 방주가 땅에서 올랐고
18 पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।
물이 더 많아져 땅에 창일하매 방주가 물 위에 떠 다녔으며
19 आकाशमुनिका सबै अग्ला-अग्ला पर्वतहरूलाई ढाक्ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो ।
물이 땅에 더욱 창일하매 천하에 높은 산이 다 덮였더니
20 पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो ।
물이 불어서 십오 규빗이 오르매 산들이 덮인지라
21 पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।
땅위에 움직이는 생물이 다 죽었으니 곧 새와 육축과 들짐승과 땅에 기는 모든 것과 모든 사람이라
22 जमिनमा बस्ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।
육지에 있어 코로 생물의 기식을 호흡하는 것은 다 죽었더라
23 यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।
지면의 모든 생물을 쓸어버리시니 곧 사람과 짐승과 기는 것과 공중의 새까지라 이들은 땅에서 쓸어버림을 당하였으되 홀로 노아와 그와 함께 방주에 있던 자만 남았더라
24 एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।
물이 일백 오십일을 땅에 창일하였더라