Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Genesis Chapter 7 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Genesis/7 1) परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु । 2) हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू । 3) अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्न सात जोडी भाले र पोथी ल्याउनू । 4) किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्ट गर्नेछु ।” 5) परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे । 6) पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए । 7) जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे । 8) शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्वरले नोआलाई आज्ञा गर्नुभएझैँ 9) भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे । 10) सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो । 11) नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले । 12) चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्यो । 13) त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे । 14) हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे । 15) जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे । 16) भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे । 17) त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो । 18) पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो । 19) आकाशमुनिका सबै अग्ला-अग्ला पर्वतहरूलाई ढाक्ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो । 20) पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो । 21) पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे । 22) जमिनमा बस्ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे । 23) यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे । 24) एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!