< उत्पत्ति 7 >

1 परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ । किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु ।
And the Lord said vnto Noah, Enter thou and all thine house into the Arke: for thee haue I seene righteous before me in this age.
2 हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू । अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू ।
Of euery cleane beast thou shalt take to thee by seuens, the male and his female: but of vncleane beastes by couples, the male and his female.
3 अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू ।
Of the foules also of the heauen by seuens, male and female, to keepe seede aliue vpon the whole earth.
4 किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु ।”
For seuen dayes hence I will cause it raine vpon the earth fourtie dayes and fourtie nightes, and all the substance that I haue made, will I destroy from off the earth.
5 परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।
Noah therefore did according vnto all that the Lord commanded him.
6 पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।
And Noah was sixe hundreth yeeres olde, when the flood of waters was vpon the earth.
7 जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे ।
So Noah entred and his sonnes, and his wife, and his sonnes wiues with him into the Arke, because of the waters of the flood.
8 शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ
Of the cleane beastes, and of the vncleane beastes, and of the foules, and of all that creepeth vpon the earth,
9 भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे ।
There came two and two vnto Noah into the Arke, male and female, as God had commanded Noah.
10 सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।
And so after seuen dayes the waters of the flood were vpon the earth.
11 नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले ।
In the sixe hundreth yeere of Noahs life in the second moneth, the seuetenth day of the moneth, in the same day were all the fountaines of the great deepe broken vp, and the windowes of heauen were opened,
12 चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो ।
And the raine was vpon the earth fourtie dayes and fourtie nightes.
13 त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
In the selfe same day entred Noah with Shem, and Ham and Iapheth, the sonnes of Noah, and Noahs wife, and the three wiues of his sonnes with them into the Arke.
14 हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे ।
They and euery beast after his kinde, and all cattell after their kinde, and euery thing that creepeth and moueth vpon the earth after his kinde, and euery foule after his kinde, euen euery bird of euery fether.
15 जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे ।
For they came to Noah into ye Arke, two and two, of all flesh wherein is ye breath of life.
16 भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।
And they entring in, came male and female of all flesh, as God had commanded him: and the Lord shut him in.
17 त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो ।
Then ye flood was fourtie dayes vpon the earth, and the waters were increased, and bare vp the Arke, which was lift vp aboue the earth.
18 पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो ।
The waters also waxed strong, and were increased exceedingly vpon the earth, and the Arke went vpon the waters.
19 आकाशमुनिका सबै अग्‍ला-अग्‍ला पर्वतहरूलाई ढाक्‍ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो ।
The waters preuailed so exceedingly vpon the earth, that all the high mountaines, that are vnder the whole heauen, were couered.
20 पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो ।
Fifteene cubites vpwarde did the waters preuaile, when the mountaines were couered.
21 पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।
Then all flesh perished that moued vpon the earth, both foule and cattell and beast, and euery thing that creepeth and moueth vpon the earth, and euery man.
22 जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।
Euery thing in whose nostrels the spirit of life did breathe, whatsoeuer they were in the drie land, they died.
23 यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।
So he destroyed euery thing that was vpon the earth, from man to beast, to ye creeping thing, and to the foule of the heauen: they were euen destroyed from the earth. And Noah onely remained; and they that were with him in ye Arke.
24 एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।
And the waters preuailed vpon the earth an hundreth and fiftie dayes.

< उत्पत्ति 7 >

The Great Flood
The Great Flood