< उत्पत्ति 22 >
1 यी कुराहरूपछि परमेश्वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
Poslije tih događaja Bog stavi Abrahama na kušnju. Zovnu ga: “Abrahame!” On odgovori: “Evo me!”
2 त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु ।”
Bog nastavi: “Uzmi svoga sina, jedinca svoga Izaka koga ljubiš, i pođi u krajinu Moriju pa ga ondje prinesi kao žrtvu paljenicu na brdu koje ću ti pokazati.”
3 त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्ना दुई जवान मानिसहरू र आफ्नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्ति दाउरा चिरे, त्यसपछि परमेश्वरले तिनलाई भन्नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।
Ujutro Abraham podrani, osamari magarca, sa sobom povede dvojicu svojih slugu i svog sina Izaka, pošto je prije nacijepao drva za žrtvu paljenicu, i uputi se na mjesto koje mu je Bog označio.
4 तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्यो ठाउँ देखे ।
Treći dan Abraham podigne oči i opazi mjesto izdaleka.
5 अब्राहामले आफ्ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
Abraham onda reče slugama: “Vi ostanite ovdje uz magarca, a ja i dječak odosmo gore da se poklonimo, pa ćemo se vratiti k vama”.
6 त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए ।
Abraham uzme drva za žrtvu paljenicu, stavi ih na sina Izaka, a u svoju ruku uzme kremen i nož. Tako pođu obojica zajedno.
7 इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्यसले भन्यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”
Onda Izak reče svome ocu Abrahamu: “Oče!” “Evo me, sine!” - javi se on. “Evo kremena i drva,” opet će sin, “ali gdje je janje za žrtvu paljenicu?”
8 अब्राहामले भने, “मेरो छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।
“Bog će već providjeti janje za žrtvu paljenicu, sine moj!” - odgovori Abraham. I nastave put.
9 परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
Stignu na mjesto o kojemu je Bog govorio. Ondje Abraham podigne žrtvenik, naslaže drva, sveže svog sina Izaka i položi ga po drvima na žrtvenik.
10 अब्राहामले आफ्नो छोरालाई मार्न छुरी उठाए ।
Pruži sad Abraham ruku i uzme nož da zakolje svog sina.
11 त्यसपछि परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
Uto ga zovne s neba anđeo Jahvin i poviče: “Abrahame! Abrahame!” “Evo me!” - odgovori on.
12 उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
“Ne spuštaj ruku na dječaka”, reče, “niti mu što čini! Sad, evo, znam da se Boga bojiš, jer nisi uskratio ni svog sina, jedinca svoga.”
13 ।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको देखे । अब्राहामले गएर त्यस भेडालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि चढाए ।
Podiže Abraham oči i pogleda, i gle - za njim ovan, rogovima se zapleo u grmu. Tako Abraham ode, uzme ovna i prinese ga za žrtvu paljenicu mjesto svoga sina.
14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ ।
Onome mjestu Abraham dade ime “Jahve proviđa”. Zato se danas veli: “Na brdu Jahvina proviđanja.”
15 परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई बोलाएर भने,
Anđeo Jahvin zovne Abrahama s neba drugi put
16 यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
i reče: “Kunem se samim sobom, izjavljuje Jahve: Kad si to učinio i nisi mi uskratio svog jedinca sina,
17 म निश्चय नै तँलाई आशिष् दिनेछु र म तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु । तेरा सन्तानले आफ्ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन् ।
svoj ću blagoslov na te izliti i učiniti tvoje potomstvo brojnim poput zvijezda na nebu i pijeska na obali morskoj! A tvoji će potomci osvajati vrata svojih neprijatelja.
18 तेरा सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस् ।”
Budući da si poslušao moju zapovijed, svi će se narodi zemlje blagoslivljati tvojim potomstvom.”
19 त्यसैले अब्राहाम आफ्ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे ।
Zatim se Abraham vrati k svojim slugama pa se zajedno upute u Beer Šebu. U Beer Šebi se Abraham nastani.
20 यी कुराहरू भएको केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने ।
Poslije tih događaja obavijeste Abrahama: “I tvome bratu Nahoru Milka je porodila djecu:
21 तिनीहरू जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल,
njegova prvorođenca Usa, brata mu Buza i Kemuela - oca Aramova,
22 र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए ।
Keseda, Haza, Pildaša, Jidlafa i Betuela.”
23 बतूएल रिबेकाका पिता भए । अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माएका आठ छोराहररू यी नै थिए ।
Betuel je bio otac Rebekin. Njih je osam rodila Milka Nahoru, Abrahamovu bratu.
24 यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई ।
A i njegova suložnica, kojoj bijaše ime Reuma, rodila je Tebaha, Gahama, Tahaša i Maaku.