Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Genesis Chapter 22 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Genesis/22 1) यी कुराहरूपछि परमेश्वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।” 2) त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु ।” 3) त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्ना दुई जवान मानिसहरू र आफ्नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्ति दाउरा चिरे, त्यसपछि परमेश्वरले तिनलाई भन्नुभएको ठाउँतर्फ यात्रा सुरु गरे । 4) तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्यो ठाउँ देखे । 5) अब्राहामले आफ्ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।” 6) त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए । 7) इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्यसले भन्यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?” 8) अब्राहामले भने, “मेरो छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए । 9) परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे । 10) अब्राहामले आफ्नो छोरालाई मार्न छुरी उठाए । 11) त्यसपछि परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।” 12) उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ 13) ।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको देखे । अब्राहामले गएर त्यस भेडालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि चढाए । 14) यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ । 15) परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई बोलाएर भने, 16) यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले 17) म निश्चय नै तँलाई आशिष् दिनेछु र म तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु । तेरा सन्तानले आफ्ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन् । 18) तेरा सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस् ।” 19) त्यसैले अब्राहाम आफ्ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे । 20) यी कुराहरू भएको केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने । 21) तिनीहरू जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल, 22) र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए । 23) बतूएल रिबेकाका पिता भए । अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माएका आठ छोराहररू यी नै थिए । 24) यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!