< इजकिएल 25 >
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
The word of the LORD came again to me, saying,
2 “ए मानिसको छोरो, अम्मोनका मानिसहरूतिर आफ्नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन् ।
Son of man, set thy face against the Ammonites, and prophesy against them;
3 अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वरको वचन सुन । परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो पवित्रस्थान तुच्छा पारिंदा त्यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्यौ,
And say to the Ammonites, Hear the word of the Lord GOD; Thus saith the Lord GOD; Because thou saidst, Aha, against my sanctuary, when it was profaned; and against the land of Israel, when it was desolate; and against the house of Judah, when they went into captivity;
4 यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्पत्तिझैं सुम्पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्नेछन्, र तिमीहरूकै बिचमा आफ्ना पालहरू खडा गर्नेछन् । उनीहरूले तिमीहरूका फल खानेछन् र तिमीहरूको दूध पिउनेछन् ।
Behold, therefore I will deliver thee to the men of the east for a possession, and they shall set their palaces in thee, and make their dwellings in thee: they shall eat thy fruit, and they shall drink thy milk.
5 म रब्बालाई ऊँटहरू चर्ने खर्क र अम्मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।
And I will make Rabbah a stable for camels, and the Ammonites a couching-place for flocks: and ye shall know that I [am] the LORD.
6 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्ना ताली बजाएका र आफ्ना खुट्टा बजारेका र आनन्दित बनेका छौ ।
For thus saith the Lord GOD; Because thou hast clapped [thy] hands, and stamped with the feet, and rejoiced in heart with all thy despite against the land of Israel;
7 यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' ।
Behold, therefore I will stretch out my hand upon thee, and will deliver thee for a spoil to the heathen; and I will cut thee off from the people, and I will cause thee to perish out of the countries: I will destroy thee; and thou shalt know that I [am] the LORD.
8 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्तै छ ।”
Thus saith the Lord GOD; Because that Moab and Seir do say, Behold, the house of Judah [is] like all the heathen;
9 यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्त पार्नेछु—
Therefore behold, I will open the side of Moab from the cities, from his cities [which are] on his frontiers, the glory of the country, Beth-jeshimoth, Baal-meon, and Kiriathaim,
10 अम्मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्झना गरिनेछैन ।
To the men of the east with the Ammonites, and will give them in possession, that the Ammonites may not be remembered among the nations.
11 यसैले मोआबको विरुद्धमा न्याय गर्नेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।
And I will execute judgments upon Moab; and they shall know that I [am] the LORD.
12 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो ।
Thus saith the Lord GOD; Because Edom hath dealt against the house of Judah by taking vengeance, and hath greatly offended, and revenged himself upon them;
13 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् ।
Therefore thus saith the Lord GOD; I will also stretch out my hand upon Edom, and will cut off man and beast from it; and I will make it desolate from Teman; and they of Dedan shall fall by the sword.
14 मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।
And I will lay my vengeance upon Edom by the hand of my people Israel: and they shall do in Edom according to my anger and according to my fury; and they shall know my vengeance, saith the Lord GOD.
15 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'पलिश्तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।
Thus saith the Lord GOD; Because the Philistines have dealt by revenge, and have taken vengeance with a despiteful heart, to destroy [it] for the old hatred;
16 यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छः हेर्, पलिश्तीहरूका विरुद्धमा आफ्नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।
Therefore thus saith the Lord GOD; Behold, I will stretch out my hand upon the Philistines, and I will cut off the Cherethims, and destroy the remnant of the sea coast.
17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
And I will execute great vengeance upon them with furious rebukes; and they shall know that I [am] the LORD, when I shall lay my vengeance upon them.