Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Ezekiel Chapter 25 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Ezekiel/25 1) तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2) “ए मानिसको छोरो, अम्मोनका मानिसहरूतिर आफ्नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन् । 3) अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वरको वचन सुन । परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो पवित्रस्थान तुच्छा पारिंदा त्यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्यौ, 4) यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्पत्तिझैं सुम्पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्नेछन्, र तिमीहरूकै बिचमा आफ्ना पालहरू खडा गर्नेछन् । उनीहरूले तिमीहरूका फल खानेछन् र तिमीहरूको दूध पिउनेछन् । 5) म रब्बालाई ऊँटहरू चर्ने खर्क र अम्मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ । 6) किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्ना ताली बजाएका र आफ्ना खुट्टा बजारेका र आनन्दित बनेका छौ । 7) यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' । 8) परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्तै छ ।” 9) यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्त पार्नेछु— 10) अम्मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्झना गरिनेछैन । 11) यसैले मोआबको विरुद्धमा न्याय गर्नेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' । 12) परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो । 13) यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् । 14) मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' । 15) परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'पलिश्तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे । 16) यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छः हेर्, पलिश्तीहरूका विरुद्धमा आफ्नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु । 17) किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!