< प्रस्थान 35 >
1 मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।
Musa bütün İsrail topluluğunu çağırarak, “RAB'bin yapmanızı buyurduğu işler şunlardır” dedi,
2 छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
“Altı gün çalışacaksınız. Ama yedinci gün sizin için kutsal Şabat, RAB'be adanmış dinlenme günü olacaktır. O gün çalışan herkes öldürülecektir.
3 शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।”
Şabat Günü konutlarınızda ateş yakmayacaksınız.”
4 मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।
Musa bütün İsrail topluluğuna seslenerek şöyle dedi: “RAB'bin buyruğu şudur:
5 इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,
Aranızda armağanlar toplayıp RAB'be sunacaksınız. İstekli olan herkes RAB'be altın, gümüş, tunç; lacivert, mor, kırmızı iplik; ince keten, keçi kılı, deri, kırmızı boyalı koç derisi, akasya ağacı armağan etsin.
6 निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,
7 रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,
8 पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि
Kandil için zeytinyağı; mesh yağı ve güzel kokulu buhur için baharat;
9 आनिक्ससाथै अन्य बहुमूल्य रत्नहरू ।
başkâhinin efoduyla göğüslüğü için oniks ve öbür kakma taşları getirsin.
10 तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:
“Aranızdaki bütün becerikli kişiler gelip RAB'bin buyurduğu her şeyi yapsın.
11 पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू
Konutu, çadırın iç ve dış örtüsünü, kopçalarını, çerçevelerini, kirişlerini, direklerini, tabanlarını;
12 र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्चित्तको ढकनी र यसलाई ढाक्ने पर्दा ।
sandığı ve sırıklarını, Bağışlanma Kapağı'nı, bölme perdesini,
13 तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,
masayla sırıklarını, bütün masa takımlarını, huzura konan ekmekleri;
14 बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,
ışık için kandilliği ve takımlarını, kandilleri, kandiller için zeytinyağını;
15 धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
buhur sunağını ve sırıklarını, mesh yağını, güzel kokulu buhuru; konutun giriş bölümündeki perdeyi;
16 होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।
yakmalık sunu sunağını ve tunç ızgarasını, sırıklarını, bütün takımlarını, kazanı ve kazan ayaklığını;
17 तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,
avlunun çevresindeki perdeleri, direkleri, direk tabanlarını, avlu kapısındaki perdeyi,
18 र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।
konutun ve avlunun kazıklarıyla iplerini;
19 तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।
kutsal yerde hizmet etmek için dokunmuş giysileri –Kâhin Harun'un giysileriyle oğullarının kâhin giysilerini– yapsınlar.”
20 तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।
İsrail topluluğu Musa'nın yanından ayrıldı.
21 जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।
Her istekli, hevesli kişi Buluşma Çadırı'nın yapımı, hizmeti ve kutsal giysiler için RAB'be armağan getirdi.
22 इच्छुक ह्रदय भएका पुरुष र स्त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
Kadın erkek herkes istekle geldi, RAB'be her çeşit altın takı, broş, küpe, yüzük, kolye getirdi. RAB'be armağan ettikleri bütün takılar altındı.
23 तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।
Ayrıca kimde lacivert, mor, kırmızı iplik; ince keten, keçi kılı, deri, kırmızı boyalı koç derisi varsa getirdi.
24 चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो ।
Gümüş ve tunç armağanlar sunan herkes onları RAB'be adadı. Herhangi bir işte kullanılmak üzere kimde akasya ağacı varsa getirdi.
25 हरेक सिपालु स्त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।
Bütün becerikli kadınlar elleriyle eğirdikleri lacivert, mor, kırmızı ipliği, ince keteni getirdiler.
26 जो-जो स्त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।
İstekli, becerikli kadınlar da keçi kılı eğirdiler.
27 एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्नहरू ल्याए ।
Önderler efod ve göğüslük için oniks, kakma taşlar,
28 तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।
kandil, mesh yağı ve güzel kokulu buhur için baharat ve zeytinyağı getirdiler.
29 इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।
Kadın erkek bütün istekli İsrailliler RAB'bin Musa aracılığıyla yapmalarını buyurduğu işler için RAB'be gönülden verilen sunu sundular.
30 मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्नुभएको छ ।
Musa İsrailliler'e, “Bakın!” dedi, “RAB Yahuda oymağından özellikle Hur oğlu Uri oğlu Besalel'i seçti.
31 उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।
Beceri, anlayış, bilgi ve her türlü ustalık vermek için onu kendi Ruhu'yla doldurdu.
32 तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।
Öyle ki, altın, gümüş, tunç işleyerek ustaca yapıtlar üretsin;
33 सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्ने गर्छन् ।
taş kesme ve kakmada, ağaç oymacılığında, her türlü sanat dalında çalışsın.
34 तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।
RAB ona ve Dan oymağından Ahisamak oğlu Oholiav'a öğretme yeteneği de verdi.
35 तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।
Onlara üstün beceri verdi. Öyle ki, ustalık isteyen her türlü işte, oymacılıkta, lacivert, mor, kırmızı iplik ve ince keten yapmada, dokuma ve nakış işlerinde, her sanat dalında yaratıcı olsunlar.