Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Exodus Chapter 35 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Exodus/35 1) मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् । 2) छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् । 3) शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।” 4) मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो । 5) इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा, 6) निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला, 7) रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ, 8) पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि 9) आनिक्ससाथै अन्य बहुमूल्य रत्नहरू । 10) तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्: 11) पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू 12) र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्चित्तको ढकनी र यसलाई ढाक्ने पर्दा । 13) तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी, 14) बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल, 15) धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा, 16) होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् । 17) तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, 18) र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए । 19) तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए । 20) तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए । 21) जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए । 22) इच्छुक ह्रदय भएका पुरुष र स्त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए । 23) तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए । 24) चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो । 25) हरेक सिपालु स्त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई । 26) जो-जो स्त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते । 27) एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्नहरू ल्याए । 28) तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए । 29) इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए । 30) मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्नुभएको छ । 31) उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ । 32) तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् । 33) सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्ने गर्छन् । 34) तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ । 35) तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!