< प्रस्थान 35 >

1 मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।
梅瑟召集以色列子民全會眾,向他們說:「這是上主吩咐你們應遵行的事:
2 छ दिनसम्म काम गर्न सकिन्छ, तर सातौँचाहिँ दिन तिमीहरूका लागि पवित्र दिन हो । यो परमप्रभुको निम्ति पूर्ण विश्राम गर्ने शबाथ-दिन हो । त्यस दिन जसले काम गर्छ, त्यो मारियोस् ।
六日內作工,第七日為你們是聖日,應完成為上主安息;凡在這一日作工的,應受死刑。
3 शबाथ-दिनमा तिमीहरूका घरमा आगो नबलोस् ।”
安息日不准在你們住的一切地方生火。」獻禮的命令
4 मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, “परमप्रभुले आज्ञा दिनुभएको कुरा यही नै हो ।
梅瑟又訓示以色列子民全會眾說:「上主這樣命令說:
5 इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा,
由你們財物中取一份作獻儀,獻給上主;凡甘心樂捐的,可獻於上主的獻儀是:金、銀、銅,
6 निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडा, बाख्राको भुत्ला,
紫色、紅色、朱紅色的毛線、細麻和山羊毛,
7 रातो रङ्गाइएको भेडाको छाला र सीलको छाला, बबुल काठ,
染紅的公羊皮、海豚皮和皂莢木,
8 पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि
燈油,為製傅禮的油和焚香用的香料,
9 आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ।
紅瑪瑙石和為鑲在厄弗得和胸牌上的寶石。
10 तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्:
你們中間凡有天才的人,都要來製造上主所命令的一切:
11 पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू
帳棚、棚頂和棚罩,鉤子、木板、橫木、柱子和卯座,
12 र आधारहरू, सन्दुक र यसका डन्डाहरू, प्रायश्‍चित्तको ढकनी र यसलाई ढाक्‍ने पर्दा ।
約櫃和杠桿、贖罪蓋、遮贖罪蓋的帳幔,
13 तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,
供桌和杠桿,並一切器具,以及供餅,
14 बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,
燈台及其用具,燈盞與燈油,
15 धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
香壇和杠桿,傅禮的油、香料、帳棚入口的門簾,
16 होमबलिको वेदी र यसका काँसाका जालीसाथै डन्डाहरू अनि भाँडाकुँडाहरू, आधार भएको ठुलो बाटा बनाऊन् ।
全燔祭壇和祭壇的銅格子、杠桿及一切器具,盆和盆座,
17 तिनीहरूले चोकको लागि पर्दा र यसका डन्डासाथै आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा,
庭院的帷幔、柱子、卯座並院門的簾子,
18 र पवित्र वासस्थान र चोकको लागि पालका किलाहरूसाथै तिनीहरूका डोरीहरू ल्याए ।
帳棚的橛子、庭院的橛子和繩索,
19 तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।
聖所內行禮的祭服,亞郎大司祭的聖衣,以及他兒子們行祭的服裝。」人民的獻儀
20 तब इस्राएलका सबै कुल मोशाको उपस्थितिबाट बिदा भएर गए ।
於是以色列子民全會眾離開梅瑟而去。
21 जस-जसका ह्रदय प्रेरणाले भरिए र आत्माद्वारा इच्छुक भए तिनीहरू आएर पवित्र वासस्थानको रचना, यसमा प्रयोग हुने सेवाका सबै सामग्री र पवित्र पोशाकहरूको लागि परमप्रभुको निम्ति भेटी ल्याए ।
凡甘心情願捐獻的人都來送給上主獻儀,為製造會幕和會幕中的一切用具及聖衣之用;
22 इच्छुक ह्रदय भएका पुरुष र स्‍त्रीहरू सबै जना आए । तिनीहरूले पीन, कुण्डल, औँठी र सिङ्गारका सरसामानहरूसाथै सबै किसिमका सुनका गरगहनाहरू ल्याए ।
無論男女,凡甘心樂捐的,都把金針、耳環、戒指、項鍊和各樣金器送來,各人都把金子奉獻給上主作獻儀。
23 तिनीहरू सबैले परमप्रभुको लागि डोलाइने बलिको रूपमा सुनका भेटीहरू टक्र्याए । जो-जोसँग निलो, बैजनी वा रातो ऊन, मसिनो सुती कपडा, बाख्राको भुत्ला, रातो रङ्ग्याइएको भेडाको छाला वा सीलका छालाहरू थिए, तिनीहरूले ती ल्याए ।
凡有紫色、紅色、朱紅色毛線、細麻、山羊毛、染紅的公羊皮、海豚皮的,也都送來。
24 चाँदी वा काँसाको भेटी ल्याउने हरेकले परमप्रभुको लागि भेटी ल्यायो र काममा प्रयोग हुन सक्‍ने कुनै किसिमको बबुल काठ भएकोले त्यसलाई ल्यायो ।
願奉獻銀子和銅的,也送來,奉獻給上主作獻儀;凡有皂莢木的,也送來,為製造各種應用之物。
25 हरेक सिपालु स्‍त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।
凡技巧的婦女都親手紡線,把所紡的紫色、紅色、朱紅色毛線和細麻送來。
26 जो-जो स्‍त्रीका ह्रदय प्रेरणाले भरिए र जससित सिप थियो, तिनीहरूले बाख्राका भुत्ला काते ।
凡具有藝術才能的婦女都紡了毛線。
27 एपोद र छाती-पातामा जड्नका लागि अगुवाहरूले आनिक्ससाथै अन्य बहुमूल्य रत्‍नहरू ल्याए ।
首長奉獻了紅瑪瑙石,鑲在厄弗得和胸牌上的寶石,
28 तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।
香料和油,為點燈,為製傅禮的油,為製焚香而用。
29 इस्राएलीहरूले परमप्रभुको निम्ति स्वैच्छिक भेटी ल्याए । हरेक स्‍त्री र पुरुष जस-जसको ह्रदय इच्छुक थियो, तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै सरसामान ल्याए ।
以色列子民,無論男女,凡甘心樂捐,為製造上主藉梅瑟所吩咐的一切工程的,都自願向上主奉獻了禮品。派定工程師
30 मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलबाट हूरका नाति, ऊरीका छोरा बजलेललाई डाक्‍नुभएको छ ।
梅瑟向以色列子民說:「你們看,上主已提名,召叫了猶大支派的烏黎的兒子,胡爾的孫子貝匝勒耳,
31 उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।
使他充滿天主的神,使他有智慧、技能和知識,能作各種工程,
32 तिनले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछन् ।
能設計圖案,能用金、銀、銅製造器物,
33 सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।
能雕刻寶石,加以鑲嵌,雕刻木頭,製造各種藝術工程。
34 तिनले र दानको कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले यो तिनको ह्रदयमा राखिदिनुभएको छ ।
上主又賜給他和丹支派的阿希撒瑪客的兒子敖曷里雅布領導的才能,
35 तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्‍ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।
使他們充滿藝術的才能,能雕刻刺繡,並用紫色、紅色、朱紅色的毛線和細麻作繡花及編織的各種工作,能作各種工程,能設計圖案。」

< प्रस्थान 35 >