< आमोस 2 >
1 परमप्रभु यस्तो भन्नुहुन्छः “मोआबका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो ।
ASÍ ha dicho Jehová: Por tres pecados de Moab, y por el cuarto, no desviaré su castigo; porque quemó los huesos del rey de Idumea [hasta tornarlos] en cal.
2 मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।
Y meteré fuego en Moab, y consumirá los palacios de Chêrioth: y morirá Moab en alboroto, en estrépito y sonido de trompeta.
3 त्यसको न्यायकर्तालाई म नष्ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्नुहुन्छ ।
Y quitaré el juez de en medio de él, y mataré con él á todos sus príncipes, dice Jehová.
4 परमप्रभु यस्तो भन्नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।
Así ha dicho Jehová: Por tres pecados de Judá, y por el cuarto, no desviaré su castigo; porque menospreciaron la ley de Jehová, y no guardaron sus ordenanzas; é hiciéronlos errar sus mentiras, en pos de las cuales anduvieron sus padres.
5 यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”
Meteré por tanto fuego en Judá, el cual consumirá los palacios de Jerusalem.
6 परमप्रभु यस्तो भन्नुहुन्छः “इस्राएलका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले निर्दोषहरूलाई चाँदीमा, अनि दरिद्रहरूलाई एक जोर जुत्तामा बेचे ।
Así ha dicho Jehová: Por tres pecados de Israel, y por el cuarto, no desviaré su castigo; porque vendieron por dinero al justo, y al pobre por un par de zapatos:
7 मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।
Que anhelan porque haya polvo de tierra sobre la cabeza de los pobres, y tuercen el camino de los humildes: y el hombre y su padre entraron á la [misma] moza, profanando mi santo nombre.
8 तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्नो परमेश्वरका मन्दिरमा पिउँछन् ।
Y sobre las ropas empeñadas se acuestan junto á cualquier altar; y el vino de los penados beben en la casa de sus dioses.
9 तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें ।
Y yo destruí delante de ellos al Amorrheo, cuya altura era como la altura de los cedros, y fuerte como un alcornoque; y destruí su fruto arriba, sus raíces abajo.
10 साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्याएँ ।
Y yo os hice á vosotros subir de la tierra de Egipto, y os traje por el desierto cuarenta años, para que poseyeseis la tierra del Amorrheo.
11 तिमीहरूका छोराछोरीका बिचबाट अगमवक्ताहरू, र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरें । ए इस्राएलका मानिस हो, के यो सत्य होइन? — यो परमप्रभुको घोषणा हो ।
Y levanté de vuestros hijos para profetas, y de vuestros mancebos para que fuesen Nazareos. ¿No es esto así, dice Jehová, hijos de Israel?
12 तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्ने आज्ञा दियौ ।
Mas vosotros disteis de beber vino á los Nazareos; y á los profetas mandasteis, diciendo: No profeticéis.
13 हेर, अन्न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु ।
Pues he aquí, yo [os] apretaré en vuestro lugar, como se aprieta el carro lleno de haces;
14 तेज दौडने उम्केर जान सक्नेछैन, र बलियोले आफ्नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्नेछ ।
Y la huída perecerá del ligero, y el fuerte no esforzará su fuerza, ni el valiente librará su vida;
15 धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्नेछैन ।
Y el que toma el arco no resistirá, ni escapará el ligero de pies, ni el que cabalga en caballo salvará su vida.
16 त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्नेछन् — यो परमप्रभुको घोषणा हो ।”
El esforzado entre esforzados huirá desnudo aquel día, dice Jehová.