Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Amos Chapter 2 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Amos/2 1) परमप्रभु यस्तो भन्नुहुन्छः “मोआबका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो । 2) मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ । 3) त्यसको न्यायकर्तालाई म नष्ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्नुहुन्छ । 4) परमप्रभु यस्तो भन्नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए । 5) यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।” 6) परमप्रभु यस्तो भन्नुहुन्छः “इस्राएलका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले निर्दोषहरूलाई चाँदीमा, अनि दरिद्रहरूलाई एक जोर जुत्तामा बेचे । 7) मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् । 8) तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्नो परमेश्वरका मन्दिरमा पिउँछन् । 9) तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें । 10) साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्याएँ । 11) तिमीहरूका छोराछोरीका बिचबाट अगमवक्ताहरू, र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरें । ए इस्राएलका मानिस हो, के यो सत्य होइन? — यो परमप्रभुको घोषणा हो । 12) तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्ने आज्ञा दियौ । 13) हेर, अन्न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु । 14) तेज दौडने उम्केर जान सक्नेछैन, र बलियोले आफ्नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्नेछ । 15) धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्नेछैन । 16) त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्नेछन् — यो परमप्रभुको घोषणा हो ।” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!