< प्रेरित 18 >
1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
Potem Paweł odszedłszy z Aten, przyszedł do Koryntu;
2 त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
A znalazłszy niektórego Żyda, imieniem Akwilas, rodem z Pontu, który był świeżo z Włoch przyszedł z Pryscyllą, żoną swą, (dlatego, iż był Klaudyjusz postanowił, aby wszyscy Żydowie z Rzymu wyszli), przyszedł do nich;
3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
A iż był tegoż rzemiosła, mieszkał u nich i robił; albowiem rzemiosło ich było robić namioty.
4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
Tedy miewał rozmowę w bóżnicy na każdy sabat i pozyskiwał i Żydy, i Greki.
5 तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
A gdy przyszli z Macedonii Sylas i Tymoteusz, ściśniony był w duchu Paweł, oświadczając Żydom, że Jezus jest Chrystusem.
6 तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
Lecz gdy się oni sprzeciwiali i bluźnili, otrząsnąwszy proch z szat, rzekł do nich: Krew wasza na głowę waszę; jam jest czysty, od tego czasu pójdę do pogan.
7 तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
A odszedłszy stamtąd wszedł do domu niejakiego człowieka, imieniem Justus, służącego Bogu, którego dom był podle samej bóżnicy.
8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्वास गरे । पावलका कुरा सुन्ने कोरिन्थका धेरै मानिसहरूले विश्वास गरे र बप्तिस्मा लिए ।
Lecz Kryspus, przełożony bóżnicy, uwierzył Panu ze wszystkim domem swoim, i wiele z Koryntczyków słuchając, uwierzyli i ochrzczeni są.
9 राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
Zatem Pan rzekł Pawłowi w nocy w widzeniu: Nie bój się, ale mów, a nie milcz.
10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
Bom ja jest z tobą, a żaden się na cię nie targnie, abyć miał co złego uczynić; albowiem ja wielki lud mam w tem mieście.
11 त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्वरको वचन सिकाए ।
I mieszkał tam rok i sześć miesięcy, nauczając u nich słowa Bożego.
12 तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए ।
A gdy Galijo był starostą w Achai, powstali jednomyślnie Żydowie przeciwko Pawłowi i przywiedli go do sądu, mówiąc:
13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न लगाउँछ ।”
Ten namawia ludzi, aby przeciwko zakonowi Boga chwalili.
14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
A gdy Paweł miał usta otworzyć, rzekł Galijo do Żydów: O Żydowie! gdyby się wam było jakie bezprawie stało, albo jaka krzywda, słusznie bym was znosił;
15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्नँ ।”
Lecz jeźli jest jaka gadka o słowach i o imionach i o zakonie waszym, sami tego patrzcie; albowiem ja tego sędzią być nie chcę.
16 तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए ।
I odegnał je od sądowej stolicy.
17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
Tedy porwawszy wszyscy Grekowie Sostena, przełożonego bóżnicy, bili go przed sądową stolicą, a Galijo na to nic nie dbał.
18 धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए ।
A Paweł pomieszkawszy tam jeszcze przez niemało dni, pożegnawszy się z braćmi, płynął do Syryi, a z nim Pryscylla i Akwilas, ogoliwszy głowę w Kienchreach: bo był uczynił ślub.
19 जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
Zatem przyszedł do Efezu i tam je zostawił, a sam wszedłszy do bóżnicy, miał rozmowę z Żydami.
20 तिनीहरूले पावललाई अझै केही समय बस्न अनुरोध गरे तर उनले इन्कार गरे ।
A gdy go oni prosili, aby u nich przez dłuższy czas zamieszkał, nie zezwolił;
21 तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।
Ale się z nimi pożegnawszy, rzekł: Koniecznie ja muszę święto nadchodzące w Jeruzalemie obchodzić; lecz się zasię do was wrócę, będzieli wola Boża. I puścił się z Efezu.
22 कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
A gdy przyszedł do Cezaryi, wstąpiwszy do Jeruzalemu a pozdrowiwszy zbór, szedł do Antyjochyi.
23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
I zamieszkawszy tam przez niektóry czas, wyszedł obchodząc krainę Galatską i Frygiję, utwierdzając wszystkich uczniów.
24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
A Żyd niektóry imieniem Apollos, rodem z Aleksandryi, mąż wymowny, przyszedł do Efezu, będąc możnym w Pismach.
25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्र ज्ञान थियो ।
Ten był wprawiony w drogę Pańską, a pałając w duchu, mówił i nauczał pilnie o Panu, wiedząc tylko o chrzcie Janowym.
26 अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
Ten począł bezpiecznie mówić w bóżnicy. Którego usłyszawszy Akwilas i Pryscylla, przyjęli go do siebie i dostateczniej mu wyłożyli drogę Bożą.
27 जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।
A gdy chciał iść do Achai, napomniawszy go bracia, pisali do uczniów, aby go przyjęli; który gdy tam przyszedł, wiele pomagał tym, którzy uwierzyli z łaski Bożej.
28 धर्मशास्त्रद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।
Albowiem potężnie Żydy przekonywał, jawnie tego dowodząc z Pisma, iż Jezus jest Chrystusem.