Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Acts Chapter 18 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Acts/18 1) यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए । 2) त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए । 3) पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे । 4) तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले । 5) तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो । 6) तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।” 7) तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो । 8) सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्वास गरे । पावलका कुरा सुन्ने कोरिन्थका धेरै मानिसहरूले विश्वास गरे र बप्तिस्मा लिए । 9) राति दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल र चुप नलाग । 10) किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।” 11) त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्वरको वचन सिकाए । 12) तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए । 13) तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्वरको आराधना गर्न लगाउँछ ।” 14) तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो । 15) तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्नँ ।” 16) तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए । 17) तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् । 18) धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए । 19) जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे । 20) तिनीहरूले पावललाई अझै केही समय बस्न अनुरोध गरे तर उनले इन्कार गरे । 21) तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे । 22) कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे । 23) त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए । 24) अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए । 25) अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्र ज्ञान थियो । 26) अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए । 27) जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई ठूलो मद्दत गरे । 28) धर्मशास्त्रद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!