< प्रेरित 18 >

1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
随后保罗离开雅典,来到哥林多,
2 त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे । किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए ।
在这里遇到一位老家在本都的犹太人亚居拉。由于革老丢命令所有犹太人离开罗马,所以他最近和妻子百基拉从意大利来到这里,于是保罗去见他们。
3 पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो । तिनीहरूले पाल बनाउँथे ।
由于他们和保罗一样都是以做帐棚为生,于是保罗在他们家住了下来。
4 तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले ।
每逢安息日,保罗都会到会堂进行辩论,劝导犹太人和希腊人。
5 तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।
西拉和提摩太从马其顿赶到这里与保罗会和,保罗就可以专心传扬主的道,向犹太人证明耶稣就是基督。
6 तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
当犹太人反对他、诅咒他时,他就会抖动衣服,对他们说:“你们的罪由你们自己承担,与我无关。从现在起,我要到异教徒那里去了。”
7 तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्दथे । उनको घर सभाघरको छेउमा पर्दथ्यो ।
于是他离开那里,住到了敬拜上帝的提多·犹士都的家中,就在会堂的隔壁。
8 सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे । पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए ।
会堂主管基利司布和全家人信了主,很多哥林多人也在听了道之后信了主,接受了施洗。
9 राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग ।
夜里,主通过异象对保罗说:“不要怕,大胆宣讲,不要保持沉默!
10 किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।”
因为我与你同在,没有人会攻击你,因为在这座城里有许多人都追随我。”
11 त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्‍वरको वचन सिकाए ।
保罗在那里住了一年零六个月,想向众人传授上帝之道。
12 तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए ।
但在迦流担任亚该亚省长期间,犹太人一致起来攻击保罗,将他带到了法院,
13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न लगाउँछ ।”
说:“此人劝大家以违反律法的方式敬拜上帝。”
14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
保罗刚要开口为自己辩护,迦流就对犹太人说:“如果你们犹太人想要指控犯法或严重违法行为,我一定会听你们的讲述。
15 तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्‍नँ ।”
但你们争论的只是文字、名字和你们的律法,那你们应当自己处理。我不会审判此类案子。”
16 तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए ।
说罢,迦流就把他们从法院赶了出去。
17 तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् ।
随后众人转向攻击会堂主管苏提尼,在法院门外殴打他,但迦流对此完全不予理会。
18 धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे । बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए ।
保罗在这里住了一段时间后,便辞别了信徒,乘船去叙利亚,百基拉和亚居拉与他同行。因为他之前许下承诺,他就在坚革里剃光了头发。
19 जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे । तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे ।
一行人抵达以弗所后,保罗离开众人自己去了会堂,在那里跟犹太人辩论。
20 तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।
众人请他多住一段时间,但被他拒绝了。
21 तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु ।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे ।
他辞别众人,在以弗所乘船离开。临行前他告诉众人:“如果上帝允许,我还会回来。”
22 कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
他在该撒利亚下船,与教会成员见了一面,然后启程去往安提阿。
23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
他在那里住了一段时间后,继续走遍加拉太地区和弗吕加的各个城镇,为众信徒带去鼓舞激励。
24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्‍त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
与此同时,一位名叫亚波罗的犹太人来到以弗所。他老家在亚历山太,颇有口才,非常了解圣经。
25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो ।
他曾接受主之道的教诲,内心充满热情,无论讲话还是授道,都能准确讲述耶稣,但他只知晓约翰施洗之事。
26 अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
他开始在会堂里公开讲道。百基拉和亚居拉听说了他,就邀请他加入,更全面地解读上帝之道。
27 जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।
后来他决定去亚该亚,信徒们就鼓励他,还给那里的使徒写信,请他们接待他。抵达亚该亚后,在当地人蒙受恩典相信上帝的过程中,他起了很大的作用,
28 धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।
因为他能在公开辩论种有力驳斥犹太人,通过圣经证明耶稣既是基督。

< प्रेरित 18 >