< २ शमूएल 20 >

1 त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
O sırada Benyamin oymağından Bikri oğlu Şeva adında kötü bir adam bir rastlantı sonucu Gilgal'daydı. Şeva boru çalıp, “İşay oğlu Davut'la ne ilgimiz Ne de payımız var” dedi, “Ey İsrailliler, herkes kendi evine dönsün!”
2 त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए ।
Bunun üzerine bütün İsrailliler Davut'u bırakıp Bikri oğlu Şeva'nın ardından gitti. Yahudalılar ise krallarına bağlı kalıp Şeria Irmağı'ndan Yeruşalim'e dek ona eşlik ettiler.
3 जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
Kral Davut Yeruşalim'deki sarayına varınca, saraya bakmak için bıraktığı on cariyeyi gözetim altına aldı, onların geçimini sağladı. Ancak yataklarına girmedi. Onlar da ölünceye dek göz altında dul kadınlar gibi yaşadılar.
4 त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”
Davut Amasa'ya, “Üç gün içinde Yahudalılar'ı yanıma çağır. Sen de burada ol” dedi.
5 त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए ।
Amasa Yahudalılar'ı çağırmaya gitti. Ama belirlenen zamanda dönmedi.
6 त्‍यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
Bunun üzerine Davut Avişay'a, “Şimdi Bikri oğlu Şeva bize Avşalom'dan daha büyük kötülük yapacak” dedi, “Efendinin adamlarını al ve onu kovala. Yoksa kendine surlu kentler bulup bizden kaçar.”
7 त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
Böylece Yoav'ın adamları, Keretliler'le Peletliler ve bütün koruyucular Bikri oğlu Şeva'yı kovalamak için Avişay'ın komutasında Yeruşalim'den çıktılar.
8 जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
Givon'daki büyük kayanın yanına varınca, Amasa onları karşılamaya geldi. Yoav savaş giysisini giymişti. Giysinin üzerine bir kemer kuşanmış, kemere kınında duran bir kılıç bağlamıştı. Yoav ilerlerken kılıç kınından çıktı.
9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।
Yoav Amasa'ya, “İyi misin, kardeşim?” diye sordu. Onu öpmek için sağ eliyle Amasa'nın sakalından tuttu.
10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
Amasa Yoav'ın elindeki kılıcı farketmedi. Yoav kılıcı karnına saplayınca, Amasa'nın bağırsakları yere döküldü. İkinci vuruşa gerek kalmadan Amasa öldü. Bundan sonra Yoav'la kardeşi Avişay, Bikri oğlu Şeva'yı kovalamayı sürdürdüler.
11 योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”
Yoav'ın adamlarından biri, Amasa'nın ölüsü yanında durup, “Yoav'ı tutan ve Davut'tan yana olan herkes Yoav'ın ardından gitsin” dedi.
12 अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्‍टिरहे । सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्‍यो । त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्‍यसले देख्‍यो ।
Amasa'nın ölüsü yolun ortasında kanlar içinde duruyordu. Yoav'ın adamı, ölüye yaklaşan herkesin orada durduğunu görünce, Amasa'yı yoldan sürükleyip tarlaya götürdü ve üzerine bir örtü attı.
13 अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्‍न सबै मानिसले योआबलाई पछ्याए ।
Ölü yoldan kaldırıldıktan sonra herkes Bikri oğlu Şeva'yı kovalamak için Yoav'ın ardından gitti.
14 शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्‍यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
Şeva bütün İsrail oymaklarından ve Berliler'in bölgesinden geçip Avel-Beytmaaka'ya geldi. Berliler de toplanıp onu izleyerek kente girdiler.
15 तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।
Yoav'la bütün adamları varıp Avel-Beytmaaka Kenti'nde Şeva'yı kuşattılar. Topraktan kentin suruna bitişik bir yığın yaptılar ve suru devirmek için yıkmaya başladılar.
16 त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्‍छु ।”
O sırada bilge bir kadın kentin içinden seslendi: “Dinleyin! Dinleyin! Yoav'a buraya gelmesini söyleyin, onunla konuşacağım.”
17 त्यसैले योआब तिनको नजिक गए र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्‍नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्‍दै छु ।”
Yoav kadına yaklaştı. Kadın, “Yoav sen misin?” diye sordu. Yoav, “Benim” diye yanıtladı. Kadın, “Kölenin sözlerini dinle” dedi. Yoav, “Dinliyorum” dedi.
18 तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्‍ने गर्थे, 'निश्‍चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।
Kadın konuşmasını şöyle sürdürdü: “Eskiden, ‘Avel Kenti'ne danışın’ derlerdi ve sorunları böyle çözerlerdi.
19 इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्‍वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्‍दै हुनुहुन्‍छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्‍न चाहनुहुन्छ?
Biz İsrail'in esenliğini isteyen güvenilir kişileriz. Sense İsrail'e ana gibi kucak açan kentlerden birini yıkmaya çalışıyorsun. Neden RAB'bin halkını yok etmek istiyorsun?”
20 त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।
Yoav, “Asla!” diye yanıtladı, “Ne yıkmak, ne de yok etmek istiyorum.
21 त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्‍नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्‍पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
Durum öyle değil. Efrayim dağlık bölgesinden Bikri oğlu Şeva adındaki adam Kral Davut'a başkaldırdı. Yalnız onu verin, ben de kentten geri çekileyim.” Kadın, “Onun başı surun üzerinden sana atılacak” dedi.
22 त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्‍यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
Sonra kadın bilgece öğüdüyle bütün halka gitti. Halk Bikri oğlu Şeva'nın başını kesip Yoav'a attı. Bunun üzerine Yoav boru çaldı. Adamları kenti bırakıp evlerine gittiler. Yoav da Yeruşalim'e, kralın yanına döndü.
23 अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
Yoav İsrail ordusunun komutanıydı. Yehoyada oğlu Benaya ise Keretliler'le Peletliler'in komutanıydı.
24 अदोनीरामचाहिं ज्‍यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
Adoram angaryasına çalışanlardan sorumluydu. Ahilut oğlu Yehoşafat devlet tarihçisiydi.
25 शेभा शास्‍त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
Şeva yazman, Sadok'la Aviyatar kâhindi.
26 याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।
Yairli İra ise Davut'un kâhiniydi.

< २ शमूएल 20 >