< २ शमूएल 19 >

1 योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
Yoav'a, “Kral Davut Avşalom için ağlayıp yas tutuyor” diye bildirdiler.
2 त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।”
O gün zafer ordu için yasa dönüştü. Çünkü kralın oğlu için acı çektiğini duymuşlardı.
3 जसरी युद्ध हारेर लाजमा परेका मानिसहरू युद्धबाट सुटुक्‍क भाग्‍छन्, त्‍यसरी नै त्‍यो दिन सपाहीहरू चुपचाप सुटुक्‍क सहरभित्र पस्‍नुपरेको थियो ।
Bu yüzden askerler, savaş kaçakları gibi, o gün kente utanarak girdiler.
4 राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
Kral ise yüzünü örtmüş, yüksek sesle, “Ah oğlum Avşalom! Avşalom, oğlum, oğlum!” diye bağırıyordu.
5 तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,
Yoav kralın bulunduğu odaya giderek ona şöyle dedi: “Bugün senin canını, oğullarının, kızlarının, eşlerinin, cariyelerinin canlarını kurtaran adamlarının hepsini utandırdın.
6 किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।
Çünkü senden nefret edenleri seviyor, seni sevenlerden nefret ediyorsun: Bugün komutanlarının ve adamlarının senin gözünde değersiz olduğunu gösterdin. Evet, bugün anladım ki, Avşalom sağ kalıp hepimiz ölseydik senin için daha iyi olurdu!
7 यसकारण अब उठ्नुहोस् र बाहिर जानुहोस् र आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस्, किनकि म परमप्रभुको नाउँमा शपथ खान्छु, तपाईं जानुभएन भने, आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन । त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने छ ।”
“Haydi kalk, gidip adamlarını yüreklendir! RAB'bin adıyla ant içerim ki, gitmezsen bu gece bir kişi bile seninle kalmayacak. Bu da, gençliğinden şimdiye dek başına gelen yıkımların tümünden daha kötü olacak.”
8 त्यसैले राजा उठे र सहरको ढोकामा बसे, र सबै मानिसलाई यसो भनियो, “हेर, राजा ढोकामा बसेका छन् ।” अनि सबै मानिस राजाको सामु आए । त्‍यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए ।
Bunun üzerine kral gidip kentin kapısında oturdu. Bütün askerlere, “İşte kral kentin kapısında oturuyor” diye haber salındı. Onlar da kralın yanına geldiler. Bu arada İsrailliler evlerine kaçmışlardı.
9 इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।
İsrail oymaklarından olan herkes birbiriyle tartışıyor ve, “Kral bizi düşmanlarımızın elinden kurtardı” diyordu, “Bizi Filistliler'in elinden kurtaran da odur. Şimdiyse Avşalom yüzünden ülkeyi bırakıp kaçtı.
10 हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
Bizi yönetmesi için meshettiğimiz Avşalom'sa savaşta öldü. Öyleyse neden kralı geri getirme konusunda susup duruyorsunuz?”
11 राजाले सादोक र अबियाथार पुजारीहरूलाई यसो भन्‍ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, 'राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?
Kral Davut Kâhin Sadok'la Kâhin Aviyatar'a şu haberi gönderdi: “Yahuda'nın ileri gelenlerine deyin ki, ‘Bütün İsrail'de konuşulanlar kralın konutuna dek ulaştığına göre, kralı sarayına geri getirmekte siz neden sonuncu oluyorsunuz?
12 तिमीहरू मेरो दाजुभाइ, मेरो मासु र हाड हौ । तब राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ?'
Siz kardeşlerimsiniz; etim, kemiğimsiniz! Kralı geri getirmekte neden en son siz davranıyorsunuz?’
13 त्यसपछि अमासालाई भन, 'के तिमी मेरो मासु र मेरो हाड होइनौ? आज उप्रान्त तिमी यआबको सट्टामा मेरो फौजको कमाण्‍डर भएनौ भने परमेश्‍वरले मलाई यसै वा योभन्दा बढी गरून्' ।”
“Amasa'ya da şöyle deyin: ‘Sen etim, kemiğimsin! Seni Yoav'ın yerine ordunun sürekli komutanı atamazsam, Tanrı bana aynısını, hatta daha kötüsünü yapsın!’”
14 त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैं गरी जिते । तिनीहरूले राजाकहाँ यसो भन्‍ने खबर पठाए, “तपाईं र तपाईंका सबै मानिस फर्कनुहोस् ।”
Böylece Davut bütün Yahudalılar'ı derinden etkiledi. Yahudalılar krala, “Bütün adamlarınla birlikte dön!” diye haber gönderdiler.
15 त्यसैले राजा फर्के र यर्दनमा आए । अब यहूदाका मानिसहरू गिलगालमा आए अनि राजालाई यर्दन वारि ल्याए ।
Kral dönüp Şeria Irmağı'na vardı. Yahudalılar kralı karşılamak ve Şeria Irmağı'ndan geçirmek için Gilgal'a geldiler.
16 बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।
Bahurim'den Benyaminli Gera oğlu Şimi de Kral Davut'u karşılamak için Yahudalılar'la birlikte çıkageldi.
17 तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
Yanında Benyamin oymağından bin kişi vardı. Saul evinin hizmetkârı Siva da on beş oğlu ve yirmi kölesiyle birlikte hemen Şeria Irmağı'na, kralın yanına geldi.
18 तिनीहरू राजालाई ल्याउन र उनलाई जे असल लाग्छ सो गर्न पारि गए । गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्‍टङ्ग दण्‍डवत् गरे ।
Kralın ev halkını karşıya geçirmek ve onun istediğini yapmak için ırmağın sığ yerinden karşı yakaya geçtiler. Kral Şeria Irmağı'nı geçmek üzereydi ki, Gera oğlu Şimi kendini onun önüne attı.
19 शिमीले राजालाई भने, “मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला । कृपया, यसलाई राजाले हृदयमा नराख्‍नुहोला ।
Krala, “Efendim, beni suçlu sayma” dedi, “Ey efendim kral, Yeruşalim'den çıktığın gün işlediğim suçu anımsama, göz önünde tutma.
20 किनकि हजुरको दासले पाप गरेको छ भनी जानेको छ । हेर्नुहोस्, म आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा म पहिलो भएको छु ।”
Çünkü kulun günah işlediğini biliyor. Efendim kralı karşılamak için bugün bütün Yusuf soyundan ilk gelen benim.”
21 तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको छ?”
Seruya oğlu Avişay, “Şimi öldürülmeli, çünkü RAB'bin meshettiği kişiye lanet okudu” dedi.
22 तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”
Davut, “Ey Seruya oğulları, bu sizin işiniz değil!” dedi, “Bugün bana düşman oldunuz. İsrail'de bugün bir tek kişi öldürülmeyecek! İsrail'in Kralı olduğumu bilmiyor muyum?”
23 त्यसैले राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ ।” त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे ।
Sonra ant içerek Şimi'ye, “Ölmeyeceksin!” dedi.
24 त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए । तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए ।
Saul'un torunu Mefiboşet de kralı karşılamaya gitti. Kralın gittiği günden esenlikle geri döndüğü güne dek ayaklarını da, giysilerini de yıkamamış, bıyığını kesmemişti.
25 त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”
Kralı karşılamak için Yeruşalim'den geldiğinde, kral, “Mefiboşet, neden benimle gelmedin?” diye sordu.
26 तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'
Mefiboşet şöyle yanıtladı: “Ey efendim kral! Kulun topal olduğundan, kulum Siva'ya, ‘Eşeğe palan vur da binip kralla birlikte gideyim’ dedim. Ama o beni kandırdı.
27 म हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको छ । तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ । यसकारण, तपाईंको दृष्‍टिमा जे असल छ त्यही गर्नुहोस् ।
Ayrıca efendim kralın önünde kuluna kara çaldı. Ama sen, ey efendim kral, Tanrı'nın bir meleği gibisin; gözünde doğru olanı yap.
28 किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए, तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो । यसकारण म अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार छ र?”
Çünkü atamın ailesinin bütün bireyleri ölümü hak etmişken, kuluna sofrandakilerle birlikte yemek yeme ayrıcalığını tanıdın. Artık senden daha başka bir şey dilemeye ne hakkım var, ey kral?”
29 तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्‍तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु ।”
Kral, “İşlerin hakkında daha fazla konuşmana gerek yok” dedi, “Sen ve Siva toprakları paylaşın diye buyruk veriyorum.”
30 मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”
Mefiboşet, “Madem efendim kral sarayına esenlikle döndü, bütün toprakları Siva alsın” diye karşılık verdi.
31 त्यसपछि रोगेलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे र तिनी राजासँगै यर्दन पारि गए ।
Gilatlı Barzillay da Şeria Irmağı'nı geçişte krala eşlik edip onu uğurlamak üzere Rogelim'den gelmişti.
32 यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्‍दा तिनले राजालाई सबै खाद्यन्‍नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए ।
Barzillay çok yaşlıydı, seksen yaşındaydı. Kral Mahanayim'de kaldığı sürece, geçimini o sağlamıştı. Çünkü Barzillay çok varlıklıydı.
33 राजाले बर्जिल्लैलाई भने, “मसँगै आउनुहोस् र मसँग यरूशलेम बस्‍नलाई म तपाईंलाई प्रबन्ध मिलाउने छु ।”
Kral Barzillay'a, “Benimle karşıya geç, Yeruşalim'de ben senin geçimini sağlayacağım” dedi.
34 बर्जिल्लैले राजालाई जवाफ दिए, “मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् र ताकि म महाराजासँग यरूशलेममा जाऊँ?
Ama Barzillay, “Kaç yıl ömrüm kaldı ki, seninle birlikte Yeruşalim'e gideyim?” diye karşılık verdi,
35 म असी वर्ष भएँ । के म असल र खराब बिच भिन्‍नता छुट्टाउन सक्छु र? के हजुरको सेवकले के खायो र के पियो भनी स्वाद लिन सक्छ र? कै मैले गायक पुरुष र गायक महिलाको सोर अझै सुन्‍न सक्छु र? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्‍नु र?
“Şu anda seksen yaşındayım. İyi ile kötüyü ayırt edebilir miyim? Yediğimin, içtiğimin tadını alabilir miyim? Kadın erkek şarkıcıların sesini duyabilir miyim? Öyleyse neden efendim krala daha fazla yük olayım?
36 हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ । महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ?
Kulun Şeria Irmağı'nı kralla birlikte geçerek sana birazcık eşlik edecek. Kral beni neden böyle ödüllendirsin?
37 कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस्, ताकि मेरो आफ्नै सहरमा मेरो बुबा र आमाको चिहानको छेउमा म मर्न पाऊँ । तर हेर्नुहोस्, हजुरको सेवक किमहाम छ । मेरो मालिकसँग त्यही नै जाओस् र हजुरलाई जे असल लाग्छ सो त्यसको निम्‍ति गरिदिनुहोस् ।”
İzin ver de döneyim, kentimde, annemin babamın mezarı yanında öleyim. Ama kulun Kimham burada; o seninle karşıya geçsin. Uygun gördüğünü ona yaparsın.”
38 राजाले जवाफ दिए, “किमहाम मसँगै जाने छ, र म त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो म गर्ने छु र तपाईंले मबाट जे इच्छा गर्नुहुन्‍छ सो म तपाईंको निम्ति गर्ने छु ।”
Kral, “Kimham benimle karşıya geçecek ve ona senin uygun gördüğünü yapacağım” dedi, “Benden ne dilersen yapacağım.”
39 त्यसपछि सबै मानिसहरूले यर्दन तरे र राजाले पनि यर्दन तरे, अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए । तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के ।
Bundan sonra kralla bütün halk Şeria Irmağı'nı geçti. Kral Barzillay'ı öpüp kutsadı. Sonra Barzillay evine döndü.
40 यसरी राजा पारि गिलगालमा आए र किमहाम उनीसँगै पारि आए । यहूदाका सबै फौज र इस्राएलका आधा फौजले राजालाई लिएर आए ।
Kral Gilgal'a geçti. Kimham da onunla birlikte gitti. Bütün Yahudalılar'la İsrailliler'in yarısı krala eşlik ettiler.
41 चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे र राजालाई यसो भन्‍न लागे, “हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन्, र महाराजा उहाँका परिवारलाई र दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन्?”
Sonra İsrailliler krala varıp şöyle dediler: “Neden kardeşlerimiz Yahudalılar seni çaldı? Neden seni, aile bireylerini ve bütün adamlarını Şeria Irmağı'nın karşı yakasına geçirdiler?”
42 त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्‍छ । तब तिमीहरू यसबारे किन रिसाउँछौ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं र? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको छ र?”
Bunun üzerine Yahudalılar İsrailliler'e, “Çünkü kral bizden biri!” dediler, “Buna neden kızdınız? Kralın yiyeceklerinden bir şey yedik mi? Kendimize bir şey aldık mı?”
43 इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो ।
İsrailliler, “Kralda on payımız var” diye yanıtladılar, “Davut'ta sizden daha çok hakkımız var. Öyleyse neden bizi küçümsüyorsunuz? Kralımızı geri getirmekten ilk söz eden biz değil miydik?” Ne var ki, Yahudalılar'ın tepkisi İsrailliler'inkinden daha sert oldu.

< २ शमूएल 19 >