< २ कोरिन्थी 13 >

1 म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।”
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।
προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν ⸀νῦν τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
3 तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न । तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ ।
ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,
4 किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्‍वरको शक्‍तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्‍वरको शक्‍तिद्वारा उहाँमा जिउँछौँ ।
καὶ ⸀γὰρἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομενσὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
5 तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς ἐν ⸀ὑμῖν εἰ μήτι ἀδόκιμοί ἐστε.
6 र म निश्‍चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ ।
ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
7 तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।
⸀εὐχόμεθαδὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।
οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· ⸀τοῦτοκαὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।
Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν.
12 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
13 सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν

< २ कोरिन्थी 13 >