Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 2-Corinthians Chapter 13 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/2-Corinthians/13 1) म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।” 2) म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन । 3) तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न । तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ । 4) किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्वरको शक्तिद्वारा उहाँमा जिउँछौँ । 5) तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ । 6) र म निश्चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ । 7) तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं । 8) किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ । 9) किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं । 10) म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन । 11) अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ । 12) एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर । 13) सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् । 14) प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!