< २ इतिहास 4 >
1 यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो ।
Und er machte einen ehernen Altar: zwanzig Ellen seine Länge, und zwanzig Ellen seine Breite, und zehn Ellen seine Höhe.
2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए । त्यसको बिटको एक किनारदेखि अर्को किनारसम्म दश हात थियो । त्यो पाँच हात अल्गो थियो, र त्यस खड्कुँलोको परिधि तीस हात थियो ।
Und [1. Kön. 7,23 usw.] er machte das Meer, gegossen, zehn Ellen von seinem einen Rande bis zu seinem anderen Rande, gerundet ringsum, und fünf Ellen seine Höhe; und eine Schnur von dreißig Ellen umfaßte es ringsum.
3 खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो ।
Und unter demselben waren Gleichnisse von Rindern, [In 1. Kön. 7,24: Koloquinthen] die es ringsherum umgaben, zehn auf die Elle, das Meer ringsum einschließend; der Rinder [In 1. Kön. 7,24: Koloquinthen] waren zwei Reihen, gegossen aus einem Gusse mit demselben.
4 ‘समुद्र’ नाम दिइएको त्यो ठुलो खड्कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्यो “खड्कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए ।
Es stand auf zwölf Rindern; drei wandten sich gegen Norden, und drei wandten sich gegen Westen, und drei wandten sich gegen Süden, und drei wandten sich gegen Osten; und das Meer war auf denselben, oben darüber, und alle ihre Hinterteile waren nach innen gekehrt.
5 त्यसको मोटाइ चार अङ्गुल थियो, र त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो । त्यो खड्कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो ।
Und seine Dicke war eine Handbreit, und sein Rand wie die Arbeit eines Becherrandes, wie eine Lilienblüte; an Inhalt faßte es dreitausend Bath.
6 तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे ।
Und er machte zehn Becken, und er setzte fünf zur Rechten und fünf zur Linken, um darin zu waschen; was zum Brandopfer gehört, spülte man darin ab. Und das Meer war für die Priester, um sich darin zu waschen.
7 दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।
Und er machte die zehn goldenen Leuchter, [Vergl. 1. Kön. 7,49] nach ihrer Vorschrift, und er setzte sie in den Tempel, fünf zur Rechten und fünf zur Linken.
8 तिनले दश वटा टेबल बनाएर मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए ।
Und er machte zehn Tische und stellte sie in den Tempel, fünf zur Rechten und fünf zur Linken; und er machte hundert goldene Sprengschalen.
9 यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।
Und er machte den Hof der Priester und den großen Vorhof, [S. 1. Kön. 6,36;7,12] und die Türen [O. die Flügeltür] zu dem Vorhof; und ihre Flügel überzog er mit Erz.
10 ‘समुद्र’ नामक त्यो विशाल खड्कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे ।
Und das Meer setzte er auf die rechte Seite ostwärts gegen Süden.
11 हुरामले भाँडा, बेल्चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याएः
Und Huram machte die Töpfe und die Schaufeln und die Sprengschalen. -Und so vollendete Huram das Werk, [W. das Werk zu machen] welches er für den König Salomo im Hause Gottes machte:
12 दुई वटा स्तम्भ, ती स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर थिए । तिनले स्तम्भमाथि स्तम्भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए ।
zwei Säulen und die krugförmigen Kapitäle [S. die Anm. zu 1. Kön. 7,41] auf der Spitze der beiden Säulen; und die zwei Netzwerke zur Bedeckung der beiden krugförmigen Kapitäle, die auf der Spitze der Säulen waren;
13 दुई जालीहरूका निम्ति चार सय दारिम तिनले बनाएः स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति तिनले दुई लहर दारिमहरू पनि बनाए ।
und die vierhundert Granatäpfel zu den beiden Netzwerken; zwei Reihen Granatäpfel zu jedem Netzwerk, zur Bedeckung der beiden krugförmigen Kapitäle, die oben auf den Säulen waren;
14 तिनले गुड्ने आधारहरू र तिनमा राख्नलाई बाटाहरू पनि बनाए ।
und er machte die Gestelle, und machte die Becken auf den Gestellen;
15 एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे,
das eine Meer, und die zwölf Rinder unter demselben;
16 साथै भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू पनि बनाए, र हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए ।
und die Töpfe und die Schaufeln und die Gabeln. Und alle ihre [Wahrsch. zu l.: diese] Geräte machte Huram-Abiw dem König Salomo für das Haus Jehovas von geglättetem Erz.
17 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए ।
Im Jordankreise ließ der König sie gießen in dichter Erde, zwischen Sukkoth und Zeredatha.
18 यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्ने थाहै भएन ।
Und Salomo machte alle diese Geräte in sehr großer Menge; denn das Gewicht des Erzes wurde nicht untersucht.
19 सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्थितिको रोटी राखिने टेबलहरू बनाए ।
Und Salomo machte alle die Geräte, welche im Hause Gottes waren: und zwar den goldenen Altar; und die Tische, auf welchen die Schaubrote waren;
20 सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।
und die Leuchter und ihre Lampen, um sie nach der Vorschrift vor dem Sprachorte anzuzünden, von geläutertem Golde;
21 र फूलहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू पनि निखुर सुनले बनाइएका थिए ।
und die Blumen und die Lampen und die Lichtschneuzen von Gold [es war lauter Gold]; [O. vollkommenes Gold]
22 सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मन्दिरको मुख्य ढोकाहरू सुनले बनाइएका थिए ।
und die Lichtmesser und die Sprengschalen und die Schalen und die Räucherpfannen von geläutertem Golde; und den Eingang des Hauses: seine inneren Türflügel, die des Allerheiligsten, und die Flügeltüren des Hauses, des Tempels, von Gold.