Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 2-Chronicles Chapter 4 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/2-Chronicles/4 1) यसको साथै तिनले काँसाको एउटा वेदी बनाए । जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो । यसको उचाइ दश हात थियो । 2) तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए । त्यसको बिटको एक किनारदेखि अर्को किनारसम्म दश हात थियो । त्यो पाँच हात अल्गो थियो, र त्यस खड्कुँलोको परिधि तीस हात थियो । 3) खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो । 4) ‘समुद्र’ नाम दिइएको त्यो ठुलो खड्कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्यो “खड्कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए । 5) त्यसको मोटाइ चार अङ्गुल थियो, र त्यसको बिट कचौराको बिटजस्तो फक्रेको लिली फूलजस्तै थियो । त्यो खड्कुँलोमा छयसट्ठी हजार लिटर पानी अटाउँथ्यो । 6) तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे । 7) दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । 8) तिनले दश वटा टेबल बनाएर मन्दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे । तिनले सुनका एक सय वटा बाटा बनाए । 9) यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए । 10) ‘समुद्र’ नामक त्यो विशाल खड्कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे । 11) हुरामले भाँडा, बेल्चा र छर्कने बाटाहरू बनाए । यसरी हुरामले परमेश्वरको मन्दिरमा सोलोमन राजाको निम्ति आफूले जिम्मा लिएको काम सिद्ध्याएः 12) दुई वटा स्तम्भ, ती स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर थिए । तिनले स्तम्भमाथि स्तम्भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए । 13) दुई जालीहरूका निम्ति चार सय दारिम तिनले बनाएः स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति तिनले दुई लहर दारिमहरू पनि बनाए । 14) तिनले गुड्ने आधारहरू र तिनमा राख्नलाई बाटाहरू पनि बनाए । 15) एउटा विशाल खँड्कुलो र यसको मुन्तिर बाह्र वटा साँढे, 16) साथै भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्बन्धित सामानहरू पनि बनाए, र हुराम-अब्बीले परमेश्वरका मन्दिरको निम्ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्काइएका काँसाका थिए । 17) राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेका थिए । 18) यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्ने थाहै भएन । 19) सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्थितिको रोटी राखिने टेबलहरू बनाए । 20) सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए । 21) र फूलहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू पनि निखुर सुनले बनाइएका थिए । 22) सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्दिरका सुनका ढोकाहरू र महा-पवित्रस्थानमा पस्ने भित्रका ढोकाहरू र मन्दिरको मुख्य ढोकाहरू सुनले बनाइएका थिए । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!