< १ थेसलोनिकी 3 >

1 यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।
為此,我們不能再等待,就決意留在雅典,
2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
而打發我們的弟兄和在基督的福音上,作天主僕人的弟茂德前去,為在信德上堅固鼓勵你們,
3 यी कष्‍टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ ।
不叫任何人在這些困苦中受到動搖;你們自己也原已知道:我們是注定要受苦的,
4 साँच्‍चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्‍टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
因為我們還在你們那裏的時候,已給你們預言了,我們將受磨難;你們看,現在就發生了。
5 यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्‍वासबारे जान्‍न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।
為此,我既不能再等待,遂派遺他去探悉你們的信德,怕那誘惑者誘惑了你們,而使我們的勞苦等於白費了。
6 जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
現今,弟茂德從你們那裏回到我們這裏,對你們的信德和愛德,給我們報告了好消息;並說你們時常想念我們,渴望見到我們,就像我們渴望見到你們一樣。
7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।
為此,弟兄們,我們在一切困苦磨難中,因了你們的信德,由你們獲得了安慰。
8 यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउदछौँ ।
因為若是在主內站立穩定,我們現在就能活下去。
9 तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्यवाद चढाऔँ?
我們為了你們的原故,在我們的天主前甚為喜樂:對這一切善樂,我們能怎樣感謝,好為你們稱謝天主呢﹖
10 तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।
我們惟有黑夜白日懇切求,為能見到你們的面,為能彌補你們信德的缺陷。
11 हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,
但願天主我們的父和我們的主耶穌,舖平我們去你們那裏的道路。
12 र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।
願主使你們彼此間的愛情,和對眾人的愛情增長滿溢,就像我們對你們所有的愛情,
13 हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्‍‍कलङ्क बनाऊन् ।
好堅固你們的心,使你們在我們的主耶穌同衪的眾聖者來臨時,於天主我們的父前,在聖德上無可指摘。

< १ थेसलोनिकी 3 >