Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 1-Thessalonians Chapter 3 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/1-Thessalonians/3 1) यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ । 2) तिमीहरूको विश्वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्टका सुसमाचार र परमेश्वरका सेवक हुन् । 3) यी कष्टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ । 4) साँच्चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो । 5) यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्वासबारे जान्न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ । 6) जब तिमोथी तिमीहरू कहाँबाट विश्वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ । 7) यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्टकर अवस्थामा तिमीहरूको विश्वासद्वारा हामीलाई सान्त्वना मिलेको छ । 8) यदि तिमीहरू प्रभुमा स्थिर रह्यौ भने, अब हामी साँच्चै जिउदछौँ । 9) तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्वरको सामु हामी कसरी परमेश्वरलाई धन्यवाद चढाऔँ? 10) तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ । 11) हाम्रा परमेश्वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्, 12) र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ । 13) हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्कलङ्क बनाऊन् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!