< Ayuba 35 >

1 Sai Elihu ya ce,
अझै एलीहूले निरन्‍तर यसो भनिरहे,
2 “Ko kana tsammani wannan gaskiya ne? Kana cewa, ‘Ni mai adalci ne a gaban Allah.’
“जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ?
3 Duk da haka kana tambayarsa cewa, ‘Wace riba nake da ita, kuma mene ne zan samu ta wurin ƙin yin zunubi?’
किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र?’
4 “Zan so in ba ka amsa kai tare da abokanka.
म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
5 Ku ɗaga kai ku dubi sama ku gani; ku dubi gizagizai a samanku.
माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
6 In kun yi zunubi ta yaya wannan zai shafi Allah? In zunubanku sun yi yawa, me wannan zai yi masa?
तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
7 In kuna da adalci, me kuka ba shi, ko kuma me ya karɓa daga hannunku?
तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?
8 Muguntarku takan shafi mutum kamar ku ne kaɗai, adalcinku kuma yakan shafi’yan adam ne kaɗai.
जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
9 “Mutane suna kuka don yawan zalunci; suna roƙo don taimako daga hannu mai ƙarfi.
अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्‍छन् ।
10 Amma ba wanda ya ce, ‘Ina Allah wanda ya halicce ni, mai ba da waƙoƙi cikin dare,
तर कसैले यसो भन्दैन, 'मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
11 wanda ya fi koya mana fiye da dabbobin duniya ya kuma sa muka fi tsuntsayen cikin iska hikima.’
जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
12 Ba ya amsawa lokacin da mutane suka yi kira don taimako domin girman kan mugaye.
त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्‍ट मानिसहरूको अहङ्कारको कारण परमेश्‍वरले कुनै जवाफ दिनुहुन्‍न ।
13 Lalle Allah ba ya sauraron roƙonsu na wofi; Maɗaukaki ba ya kula da roƙonsu.
परमेश्‍वरले निश्‍चय नै दुष्‍टको पुकारा सुन्‍नुहुन्‍न । सर्वशक्तिमान्‌ले त्‍यसलाई ध्यानै दिनुहुन्‍न ।
14 Ta yaya zai saurara sosai ko zai saurara lokacin da kake cewa ba ka ganinsa, cewa ka kawo ƙara a wurinsa kuma dole ka jira shi.
तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!
15 Kuma ka ce, ba ya ba da horo cikin fushinsa ko kaɗan ba ya kula da mugunta.
अब तपाईं भन्‍नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न ।
16 Saboda haka Ayuba ya buɗe baki yana magana barkatai; yana ta yawan magana ba tare da sani ba.”
त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्‍नुहुन्‍छ । उहाँले ज्ञानविनाका शब्‍दहरूको थुप्रो लगाउनुहुन्‍छ ।”

< Ayuba 35 >