< Hesekiel 28 >
1 Weiter erging das Wort des HERRN an mich folgendermaßen:
याहवेहको वचन मकहाँ आयो:
2 »Menschensohn, sage zum Fürsten von Tyrus: ›So hat Gott der HERR gesprochen: Weil dein Sinn hoch hinaus wollte und du gesagt hast: Ein Gott bin ich, einen Göttersitz bewohne ich mitten im Meer! – während du doch nur ein Mensch bist und kein Gott –, und weil du dich in deinem Herzen dünktest wie ein Gott –
“हे मानिसको छोरा, टायरको शासकलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘आफ्नो हृदयको घमण्डमा तैँले भन्छस्, “म एक ईश्वर हुँ; म समुद्रको बीचमा एक ईश्वरको सिंहासनमा बस्छु।” तर तँ एउटा साधारण मानिस मात्र होस्, ईश्वर होइनस्; यद्यपि तैँले आफूलाई ईश्वर जत्तिकै बुद्धिमान् सम्झन्छस्।
3 natürlich bist du weiser als Daniel, nichts Verborgenes ist dunkel für dich!
के तँ दानिएलभन्दा बुद्धिमान् छस्? के तँबाट कुनै पनि रहस्य लुकेको छैन?
4 Durch deine Weisheit und Einsicht hast du dir ja Reichtum erworben und Gold und Silber in deine Schatzkammern geschafft;
तेरो बुद्धि र समझशक्तिद्वारा तैँले आफ्नै निम्ति धनसम्पत्ति कमाएको छस्, र तेरो भण्डारमा आफ्नो निम्ति सुन र चाँदी थुपारेको छस्।
5 durch deine große Weisheit hast du bei deinem Handelsbetrieb deinen Reichtum gemehrt, und dein Sinn ging infolge deines Reichtums hoch hinaus –:
तेरो व्यापारको धेरै सिपहरूद्वारा तैँले आफ्नो धनसम्पत्ति बढाएको छस्; अनि तेरो धनसम्पत्तिको कारण तेरो हृदय घमण्डले फुलेको छ।
6 darum hat Gott der HERR so gesprochen: Weil dein Herz sich überhoben hat, als ob du ein Gott wärst,
“‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘किनकि तैँले आफूलाई ईश्वर जत्तिकै बुद्धिमान् सम्झन्छस्;
7 darum will ich nunmehr Fremde gegen dich heranziehen lassen, die wildesten Völkerschaften; die werden deiner schönen Weisheit mit dem Schwert zu Leibe gehen und deinen Glanz trüben.
यसैकारण म जातिहरूमध्ये सबैभन्दा निष्ठुर विदेशीहरूलाई तेरो विरुद्धमा ल्याउनेछु; तिनीहरूले तेरो सुन्दरता र बुद्धिको विरुद्धमा आफ्नो तरवार निकाल्नेछन्, र तेरो चम्किलो गौरवलाई छेड्नेछन्।
8 In die Grube werden sie dich hinabstoßen, und du wirst den Tod eines Erschlagenen sterben mitten im Meer!
तिनीहरूले तँलाई तल खाडलमा ल्याउनेछन्; अनि समुद्रको बीचमा तेरो मरण एक हिंसक मृत्यु हुनेछ।
9 Wirst du dann wohl angesichts deiner Mörder auch noch sagen: Ein Gott bin ich!, während du doch nur ein Mensch bist und kein Gott, in der Hand derer, die dich durchbohren?
त्यस बेला तँलाई मार्नेहरूको उपस्थितिमा, “म ईश्वर हुँ” भनी के तैँले भन्नेछस्? तँलाई मार्नेहरूको हातमा तँ ईश्वर होइनस्, तर एउटा मरणशील मानिस मात्र हुनेछस्।
10 Den Tod von Unbeschnittenen wirst du erleiden durch die Hand von Fremden! Denn ich habe es gesagt!‹« – so lautet der Ausspruch Gottes des HERRN.
तँ परदेशीहरूको हातमा एउटा खतना नभएको मानिसजस्तै मर्नेछस्। किनकि मैले नै यो भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’”
11 Weiter erging das Wort des HERRN an mich folgendermaßen:
याहवेहको यो वचन मकहाँ आयो:
12 »Menschensohn, stimme ein Klagelied an über den König von Tyrus und sage zu ihm: ›So hat Gott der HERR gesprochen: Der du das Bild der Vollkommenheit warst, voll von Weisheit und von vollendeter Schönheit:
“हे मानिसको छोरा, टायरका राजाको बारेमा एउटा विलाप गीत गा, र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘तँ पूर्णताको नमुना, बुद्धिले भरिपूर्ण र सुन्दरतामा सिद्ध थिइस्।
13 in Eden, dem Garten Gottes, befandest du dich, allerlei Edelsteine bedeckten deine Gewandung: Karneol, Topas und Jaspis, Chrysolith, Beryll und Onyx, Saphir, Rubin und Smaragd, und aus Gold waren deine Einfassungen und die Verzierungen an dir gearbeitet; am Tage deiner Erschaffung wurden sie eingesetzt.
तँ परमेश्वरको बगैँचा अदनमा थिइस्; सबै प्रकारका बहुमूल्य पत्थरले तँ आभूषित थिइस्: माणिक, पुष्पराज, हीरा, फिरोजा, गोमेद र स्फटिक, नीलमणि, हरितमणि र बहुमूल्य पत्थरले सजिएको थिइस्। तेरा गरगहनाहरू सुनले बनिएका थिए; तँ सृष्टि गरिएको दिनमा नै ती चीजहरू तयार गरिएका थिए।
14 Du warst ein gesalbter schirmender Cherub: ich hatte dich dazu bestellt; auf dem heiligen Götterberge weiltest du, inmitten feuriger Steine wandeltest du.
अभिभावक करूबको रूपमा तँ अभिषेक गरिएको थिइस्; किनकि मैले तँलाई नियुक्त गरेको थिएँ; तँ परमेश्वरको पवित्र पर्वतमा थिइस्; तँ आगोजस्तै चम्किलो पत्थरहरूको बीचमा हिँड्थिस्।
15 Unsträflich warst du in all deinem Tun vom Tage deiner Erschaffung an, bis Verschuldung an dir gefunden wurde.
तँ सृष्टि गरिएको दिनदेखि तँमा दुष्टता नपाउन्जेलसम्म तँ आफ्ना चालहरूमा निर्दोष थिइस्।
16 Infolge deines ausgedehnten Handelsverkehrs füllte sich dein Inneres mit Frevel, und als du dich versündigt hattest, trieb ich dich vom Götterberge weg, und der schirmende Cherub verstieß dich aus der Mitte der feurigen Steine.
तेरो चौतर्फी फैलिएको व्यापारद्वारा तँ अत्याचारले भरिइस्; अनि तैँले पाप गरिस्। यसकारण मैले तँलाई परमेश्वरको पर्वतबाट अपमानित गरेर धपाइदिएँ; अनि हे अभिभावक करूब, मैले तँलाई ती आगोजस्तै चम्किलो पत्थरहरूको बीचबाट निकालिदिएँ।
17 Dein Sinn war hochfahrend geworden infolge deiner Schönheit, und du hattest deine Weisheit außer acht gelassen um deines Glanzes willen; darum schleuderte ich dich auf die Erde hinab und gab dich vor Könige hin, damit sie eine Augenweide an dir hätten.
तेरो सुन्दरताको कारण तेरो हृदय घमण्डी भयो; अनि आफ्नो गौरवको कारण तैँले आफ्नो बुद्धिलाई भ्रष्ट पारिस्। यसकारण मैले तँलाई पृथ्वीमा फ्याँकिदिएँ; मैले तँलाई राजाहरूको सामु एक तमाशा बनाइदिएँ।
18 Infolge der Menge deiner Verschuldungen, durch die Unehrlichkeit deines Handelsbetriebes hattest du deine Heiligtümer entweiht; darum habe ich ein Feuer aus deiner Mitte hervorbrechen lassen, das dich verzehrt hat, und ich habe dich in Asche auf die Erde hingelegt vor den Augen aller, die dich sahen.
तेरा धेरै पापहरू र बेइमान व्यापारद्वारा तैँले आफ्ना पवित्रस्थानहरू अपवित्र बनाएको छस्। यसकारण मैले टायरको बीचबाट आगो निस्कन दिएँ, र त्यस आगोले तँलाई भस्म पारिदियो; मैले तँलाई भुइँमा खरानी तुल्याएँ, ती सबै मानिसहरूको आँखाको अगाडि, जसले तँलाई हेरिरहेका थिए।
19 Alle, die dich unter den Völkern gekannt haben, sind über dich entsetzt; ein Ende mit Schrecken hast du genommen: du bist dahin für immer!‹«
तँलाई चिन्ने सबै राष्ट्रहरू तँलाई देखेर भयभीत भए; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्, र तेरो अस्तित्व अब रहनेछैन।’”
20 Weiter erging das Wort des HERRN an mich folgendermaßen:
याहवेहको यो वचन मकहाँ आयो:
21 »Menschensohn, richte deine Blicke gegen Sidon und weissage gegen es
“हे मानिसको छोरा, तेरो अनुहार सीदोनको विरुद्धमा फर्का,
22 mit folgenden Worten: ›So hat Gott der HERR gesprochen: Nunmehr will ich an dich, Sidon, und will meine Macht in deiner Mitte erweisen, damit sie erkennen, daß ich der HERR bin, wenn ich Strafgerichte an dir vollziehe und mich als den Heiligen an dir erweise.
र भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘हे सीदोन, म तेरो विरुद्धमा छु, र तेरो बीचमा म आफ्नो महिमा प्रकट गर्नेछु। जब म तँलाई दण्ड दिन्छु, र तेरै सामु आफूलाई पवित्र प्रमाणित गर्छु, तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
23 Ich will die Pest in dich hineinsenden und Blutvergießen auf deine Straßen; und vom Schwert Erschlagene sollen in deiner Mitte ringsum hinsinken, damit sie erkennen, daß ich der HERR bin.‹«
म तँमाथि महामारी पठाउनेछु, र तेरा सडकहरूमा रगत बग्न दिनेछु। तेरो विरुद्धमा चारैतिर भएको तरवारले तेरै बीचमा मरिएकाहरू ढल्नेछन्। तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
24 »Für das Haus Israel aber wird es alsdann keinen stechenden Dorn und keinen schmerzenden Stachel mehr geben von seiten aller umwohnenden Völker, die sie verächtlich behandelt haben, und sie werden erkennen, daß ich Gott, der HERR, bin.«
“‘अब उप्रान्त इस्राएलका मानिसहरूसँग तिनीहरूलाई घृणा गर्ने छिमेकीहरू हुनेछैनन्, जो सिउँडी काँडा र तीखा काँडाहरू हुन्। तब म नै प्रभु याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।
25 So hat Gott der HERR gesprochen: »Wenn ich die vom Hause Israel aus den Völkern, unter die sie zerstreut worden sind, wieder sammle, dann will ich mich an ihnen vor den Augen der Heidenvölker als den Heiligen erweisen, und sie sollen in ihrem Lande wohnen, das ich meinem Knecht Jakob gegeben habe.
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जब म इस्राएलका मानिसहरूलाई तिनीहरू तितरबितर भएका राष्ट्रहरूबाट भेला गर्छु, म जाति-जातिहरूका दृष्टिमा तिनीहरूद्वारा पवित्र प्रमाणित हुनेछु। तब तिनीहरू तिनीहरूका आफ्नै देशमा बस्नेछन्, जुन देश मैले आफ्नो सेवक याकोबलाई दिएको थिएँ।
26 Und sie sollen in Sicherheit darin wohnen und Häuser bauen und Weinberge anlegen; ja in Sicherheit sollen sie wohnen, während ich Strafgerichte an allen umwohnenden Völkern vollstrecke, die sie verächtlich behandelt haben; dann werden sie erkennen, daß ich, der HERR, ihr Gott bin.«
त्यहाँ तिनीहरू सुरक्षित बस्नेछन्, घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; जब म इस्राएलीहरूलाई बदनाम गर्ने तिनीहरूका ती सबै छिमेकीहरूलाई दण्ड दिनेछु, तब म नै याहवेह तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।’”