< Hesekiel 27 >
1 Weiter erging das Wort des HERRN an mich folgendermaßen:
याहवेहको यो वचन मकहाँ आयो:
2 »Du, Menschensohn, stimme ein Klagelied über Tyrus an
“हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा;
3 und sprich zu Tyrus: ›(O Stadt), die du wohnst am Zugang zum Meer und Handel mit den Völkern treibst nach den vielen Meeresländern hin: so hat Gott der HERR gesprochen: Tyrus, du hast gedacht: Ich bin ein Schiff, vollkommen an Schönheit!
समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘हे टायर, तँ भन्छस्, “म सुन्दरतामा सिद्ध छु।”
4 Dein Gebiet liegt im Herzen der Meere; deine Erbauer haben dich zu (einem Schiff von) vollendeter Schönheit gemacht.
तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो; तेरा निर्माणकर्ताहरूले तेरो सुन्दरतालाई सिद्ध पारिदिए।
5 Aus Zypressen vom Senir haben sie dir alles Plankenwerk gebaut und eine Zeder vom Libanon genommen, um den Mastbaum auf dir daraus zu fertigen.
तिनीहरूले तेरा काठका फल्याकहरू सेनीरका सल्लाका रूखहरूबाट बनाए; तेरा निम्ति मस्तुल बनाउनलाई लेबनानबाट देवदारु ल्याए।
6 Aus Eichen von Basan haben sie deine Ruder hergestellt, dein Verdeck aus Edeltannenholz [mit Elfenbein ausgelegt] von den Eilanden der Kitthäer.
तिनीहरूले तेरा पतवारहरू बाशानका फलाँटका रुखहरूबाट बनाए; तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे।
7 Feine Leinwand mit Buntstickerei aus Ägypten war dein Segel, um dir als Flagge zu dienen; blauer und roter Purpur von den Gestaden Elisas war deine Überdachung.
तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; तेरो चँदुवा निलो र बैजनी कपडाको साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो।
8 Die Einwohner von Sidon und Arwad dienten dir als Ruderer; die erfahrensten Männer aus deiner eigenen Mitte waren deine Steuerleute;
सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए।
9 die Ältesten von Gebal und die dortigen Meister waren in dir als Ausbesserer deiner Lecke. Alle Seeschiffe samt ihrer Bemannung fanden sich bei dir ein, um Tauschhandel mit dir zu treiben.
जहाजमा टालटुल गर्ने कामको निम्ति गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे।
10 Perser und Put und Lud dienten dir in deinem Heer als deine Kriegsleute; Schild und Helm hängten sie bei dir auf, die verliehen dir Glanz.
“‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। तिनीहरूले आफ्ना ढाल र टोपहरू तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए।
11 Männer aus Arwad und deine eigene Heeresmacht standen auf deinen Mauern ringsum und Gammadäer auf deinen Türmen; ihre Schilde hängten sie ringsum an deinen Mauern auf; sie machten deine Schönheit vollkommen.
अर्वद र हेलेकका मानिसहरू तेरा पर्खालका चारैतिर पहरेदार थिए; गमादका मानिसहरू तेरा धरहराहरूमा थिए। तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; तेरो सुन्दरता पूर्ण बनाउँथे।
12 Tharsis trieb Handel mit dir wegen der Fülle an allerlei Gütern: mit Silber, Eisen, Zinn und Blei bezahlten sie deine Waren.
“‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे।
13 Die Jonier, Tibarener und Moscher machten Handelsgeschäfte mit dir: Sklaven und eherne Geräte gaben sie dir als Zahlung beim Tauschhandel.
“‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे।
14 Die vom Hause Thogarma bezahlten deine Waren mit Rossen, Reitpferden und Mauleseln.
“‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे।
15 Die Rhodier waren deine Kaufleute; zahlreiche Meeresländer standen im Verkehr mit dir: Elefantenzähne und Ebenholz lieferten sie dir als Zahlung.
“‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे।
16 Die Syrer schlossen Geschäfte mit dir ab wegen der Menge deiner Erzeugnisse: mit Karfunkel, rotem Purpur und bunten Geweben, mit feiner Leinwand, Korallen und Rubinen bezahlten sie deine Waren.
“‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे।
17 Juda und das Land Israel waren deine Kaufleute: Weizen von Minnith und Wachs, Honig, Öl und Balsam gaben sie dir als Zahlung beim Tauschhandel.
“‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे।
18 Damaskus trieb Handel mit dir ob der Menge deiner Erzeugnisse, wegen der Fülle an allerlei Gütern, mit Wein von Helbon und Wolle von Zahar.
“‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए।
19 Wedan und Jawan brachten aus Usal kunstvoll geschmiedetes Eisen auf deinen Markt; Kassia und Kalmus hatten sie für dich als Tauschwaren.
दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे।
20 Dedan trieb Handel mit dir in Satteldecken zum Reiten.
“‘ददानले तँसित जिनको व्यापार गर्यो।
21 Arabien und alle Häuptlinge Kedars standen in Verkehr mit dir: mit Lämmern, Widdern und Böcken trieben sie Handel mit dir.
“‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे।
22 Die Kaufleute von Saba und Ragma handelten mit dir: mit den köstlichsten Gewürzen, mit allerlei Edelsteinen und mit Gold bezahlten sie deine Waren.
“‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे।
23 Haran, Kanne und Eden handelten mit dir; Assur und ganz Medien waren deine Kunden;
“‘हारान, कन्ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे।
24 sie handelten mit dir in Prachtgewändern, in Mänteln von blauem Purpur und buntgewirkten Stoffen, in farbenreichen Teppichen, in geflochtenen und fest gedrehten Tauen, gegen deine Waren.
तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे।
25 Die Schiffe von Tharsis vertrieben deine Güter im Tauschhandel, und so wurdest du mit Reichtum angefüllt und kamst zu hoher Macht inmitten der Meere.‹«
“‘तर्शीशका जहाजहरूले तेरा सामानहरू बोकेर व्यापार गर्छन्। तँ समुद्रको बीचमा यात्रा गर्दा तेरो जहाज मालसामानले भरिएको हुन्छ।
26 »›Deine Ruderer haben dich auf die hohe See hinausgeführt, doch der Ostwind bringt dich zum Scheitern inmitten des Meeres.
तेरा नाविकहरूले तँलाई बीच समुद्रमा लैजान्छन्, तर पूर्वीय बतासले तँलाई समुद्रको बीचमा टुक्रा-टुक्रा पारिदिनेछ।
27 Deine Reichtümer und Waren, deine Handelsgüter, deine Matrosen und Steuerleute, deine Leckausbesserer, deine Tauschhändler und alle deine Kriegsleute, die sich auf dir befinden, mitsamt der ganzen Volksmenge auf dir werden in die Tiefe des Meeres sinken am Tage deines Untergangs.
तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू, तेरा नाविकहरू, चालकहरू र टालटुल गर्ने मानिसहरू, तेरा व्यापारीहरू र तेरा सबै सिपाहीहरू; अनि तेरो सर्वनाशको दिन जहाजमा भएका सबै जना समुद्रको बीचमा डुबिजानेछन्।
28 Vom lauten Geschrei deiner Steuerleute wird die weite Meeresfläche erbeben.
तेरा नाविकहरूले चीत्कार गर्दा समुद्र किनारका ठाउँहरू काम्नेछन्।
29 Da werden dann alle, die das Ruder führen, die Seeleute und alle, die das Meer durchsteuern, aus ihren Schiffen steigen, werden ans Land treten
पतवार खियाउनेहरू सबैले तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; सबै नाविकहरू र चालकहरू समुद्रको किनारमा उभिनेछन्।
30 und lauten Wehruf über dich erschallen lassen und kläglich schreien; sie werden sich Staub aufs Haupt streuen und sich in der Asche wälzen;
तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, र तेरा निम्ति धुरुधुरु रुनेछन्; तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् र खरानीमा लडीबुडी गर्नेछन्।
31 sie werden sich um deinetwillen kahl scheren, mit Sackleinen sich umgürten und mit bekümmertem Herzen um dich weinen in bitterer Klage.
तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् र भाङ्ग्रा लगाउनेछन्। तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर शोकमा परी धुरुधुरु रुनेछन्।
32 In ihrem Schmerz werden sie ein Klagelied über dich anstimmen und über dich wehklagen: Welcher Ort ist so totenstill wie Tyrus inmitten des Meeres!
तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: “समुद्रले घेरिएको टायरलाई जस्तै कसैलाई कहिल्यै चुप गराइएको छ?”
33 Solange deine Waren dem Meer entstiegen, hast du die Bedürfnisse vieler Völker befriedigt und durch die Fülle deiner Güter und Waren die Könige der Erde reich gemacht.
तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्।
34 Jetzt aber, da du zertrümmert, vom Meere verschwunden, in Wassertiefen begraben bist und dein Handel und deine ganze Volksmenge mitten in dir versunken ist,
अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्ट भएका छन्।
35 entsetzen sich alle Bewohner der Meeresländer über dich, ihre Könige sind von Schauder erfaßt, ihre Angesichter zucken schmerzlich.
समुद्रको किनारमा बस्नेहरू सबै तँलाई देखेर भयभीत भएका छन्; तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, र तिनीहरूका अनुहारहरूमा डर छाएको छ।
36 Die Kaufleute in der ganzen Welt zischen über dich: ein Ende mit Schrecken hast du genommen; du bist dahin für immer!‹«
जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; अनि तँ अब सदाको निम्ति नष्ट हुनेछस्।’”