< Job 38 >
1 Then Yahweh responded to Job, out of a storm, and said: —
तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्नुभयो:
2 Who is it that darkeneth counsel, by words, without knowledge?
“ज्ञानविनाका शब्दहरूले मेरो योजनालाई धमिल्याउने यो को हो?
3 Gird, I pray thee—like a strong man—thy loins, that I may ask thee, and inform thou me:
अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।
4 Where wast thou, when I founded the earth? Tell, if thou knowest understanding!
“मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? यदि तैँले बुझेको छस् भने मलाई भन्।
5 Who set the measurements thereof, if thou knowest? Or who stretched out over it a line?
पृथ्वीको नाप कसले गर्यो? निश्चय नै तँलाई थाहा होला! कसले यसको वरिपरि नाप्ने रेखा खिच्यो?
6 Whereon were the pedestals thereof sunk? Or who laid the corner stone thereof; —
पृथ्वीका खम्बाहरू केमाथि अड्याइएको छ, अथवा कसले त्यसको कुनेढुङ्गा बसाल्यो?
7 When the morning stars sang together, and all the sons of God shouted for joy?
जब बिहानको ताराहरूले एकसाथ गाउँदा र सारा स्वर्गदूतहरू आनन्दले जयजयकार गर्दा तँ कहाँ थिइस्?
8 Or [who] shut in, with double doors, the sea, when, bursting out of the womb, it came forth;
“पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा, कसले समुद्रको ढोका थुनिदियो?
9 When I put a cloud as the garment thereof, and a thick cloud as the swaddling-band thereof;
जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ, र यसलाई बाक्लो अन्धकारले लपेटिदिएँ,
10 And brake off for it my boundary, and fixed a bar and double doors;
जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू र आग्लाहरू ठिक ठाउँमा राखिदिएँ,
11 And said—Hitherto, shalt thou come, and no further, —and, here, shalt thou set a limit to the majesty of thy waves?
तब मैले भनेँ, ‘तँ यतिसम्म मात्र आउन सक्छस् र यहाँभन्दा अगि होइन; अनि तेरा घमण्डी छालहरू यहाँ अडिऊन्।’
12 Since thy days [began] hast thou commanded the morning? or caused the dawn to know its place;
“के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्, अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्,
13 That it might lay hold of the wings of the earth, and the lawless be shaken out of it?
ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्, र दुष्टहरूलाई हल्लाएर बाहिर फ्याँकोस्?
14 It transformeth itself like the clay of a seal, so that things stand forth like one arrayed;
चिम्टे माटोमा परेको छापजस्तै पृथ्वीले आकृति लिन्छ; त्यसका विशेषताहरू लुगाझैँ देखिन्छन्।
15 That their light may be withdrawn from the lawless, and, the lofty arm, be shivered.
दुष्ट मानिसहरूको ज्योति खोसिन्छ, र तिनीहरूका उठेका पाखुराहरू भाँचिन्छन्।
16 Hast thou entered as far as the springs of the sea? Or, through the secret recesses of the resounding deep, hast thou wandered?
“के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्? अथवा सागरको गहिराइमा हिँडेको छस्?
17 Have the gates of death been disclosed to thee? And, the gates of the death-shade, couldst thou descry?
के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्? के तैँले घोर अन्धकारका ढोकाहरू देखेको छस्?
18 Hast thou well considered, even the breadths of the earth? Tell—if thou knowest it all!
के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्? यदि तैँले यी सबै कुरा जानेको छस् भने मलाई भन्।
19 Where then is the way, the light shall abide? And, the darkness, where then is its place?
“ज्योतिको निवासको बाटो कहाँ छ? र अन्धकारले कहाँ बास बस्छ?
20 That thou mayest conduct it unto the bound thereof, and that thou mayest perceive the paths to its house.
के तैँले तिनीहरू हरेकलाई तिनीहरूका ठाउँमा लैजान सक्छस्? के तँलाई तिनीहरूका वासस्थानहरूको बाटो थाहा छ?
21 Thou knowest, for, then, hadst thou been born! And, in number, thy days are many!
निश्चय नै तँलाई थाहा छ; किनकि तँ पहिल्यै नै जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचेको छस्!
22 Hast thou entered into the treasuries of the snow? And, the treasuries of the hail, couldst thou see?
“के तँ हिउँको भण्डारगृहमा प्रवेश गरेको छस्, अथवा असिनाको भण्डारगृह देखेको छस्;
23 Which I have reserved for a time of distress, for the day of conflict and of war?
जो मैले विपत्तिको समयको निम्ति, युद्ध र लडाइँको दिनहरूका निम्ति जम्मा गरेको छु?
24 Where then is the way the lightning is parted? The east wind spreadeth itself abroad over the earth.
कुन बाटो भएर बिजुली छरिएर निस्कन्छ, अथवा कुन ठाउँबाट पूर्वीय बतास पृथ्वीमा चारैतिर फैलिन्छ, के तँ जान्दछस्?
25 Who hath cloven—for the torrent—a channel? Or a way for the lightning of thunders;
मुसलधारे वृष्टिको निम्ति कसले नहर खनेको छ? र चट्याङको निम्ति कसले बाटो तयार गरेको छ?
26 To give rain over the no-man’s land, the desert, where no son of earth is;
कोही मानिस नबस्ने जमिन, कोही बास नगरिएको मरुभूमिलाई भिजाउन,
27 To satisfy the wild and the wilderness, to cause to spring forth the meadow of young grass?
उजाड मरुभूमिलाई प्रशस्त भिजाउन र त्यसमा हरियो घाँसहरू उमार्न,
28 Hath the rain a father? Or who hath begotten the drops of dew?
के झरीको पिता छ? अथवा शीतको थोपाहरूलाई कसले जन्माएको हो?
29 Out of whose womb, came forth the ice? And, the hoar-frost of the heavens, who hath given it birth?
कसको गर्भबाट हिउँ निस्कन्छ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्माउँछ,
30 Like a stone, are the waters congealed, and, the face of the roaring deep, becometh firm!
पानी कहिले ढुङ्गाजस्तै कडा हुन्छ, र कहिले गहिरो समुद्रको सतह बरफ बन्छ?
31 Canst thou bind the fetters of the Pleiades? Or, the bands of Orion, canst thou unloose?
“के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्?
32 Canst thou bring forth the signs of the Zodiac each in its season? Or, the Bear and her Young, canst thou lead?
के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्? अथवा सप्तर्षि तारा र त्यसका उपग्रहहरूलाई डोर्याउन सक्छस्?
33 Knowest thou, the statutes of the heavens? Or didst thou appoint his dominion over the earth?
के तैँले आकाशका नियमहरू जान्दछस्? के तैँले परमेश्वरको शासन पृथ्वीमा स्थापित गर्न सक्छस्?
34 Canst thou lift up, to the thick cloud, thy voice, and the overflow of waters cover thee?
“के तैँले आफ्नो सोर बादलसम्मै पुर्याउन सक्छस्, र आफूलाई पानीको भेलले ढाक्न सक्छस्?
35 Canst thou send forth the lightnings, so that they go, and say to thee, Behold us?
के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्? के तँलाई तिनीहरूले, ‘हामी यहाँ हाजिर छौँ’ भनी भन्न आउँछन्?
36 Who hath put—into cloud-forms—wisdom? Or who hath given—to the meteor—understanding?
कसले हृदयमा अन्तर्ज्ञान र दिमागलाई समझ दियो?
37 Who can count the thin clouds, in wisdom? And, the bottles of the heavens, who can empty out;
बादलहरूलाई गन्ने बुद्धि कोसँग छ? कसले आकाशका पानीका गाग्राहरूलाई घोप्ट्याउन सक्छ,
38 When the dust is cast into a clod, and the lumps are bound together?
कहिले धुलो कडा हुन्छ, र माटोका ढिकाहरू एकसाथ टाँसिएर बस्छन्?
39 Wilt thou hunt—for the Lioness—prey? Or, the craving of the Strong Lion, wilt thou satisfy;
“के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्, र सिंहको भोकलाई तृप्त पार्न सक्छस्,
40 When they settle down in dens, abide in covert, for lying in wait?
जब तिनीहरू आफ्नो गुफामा लुकेर बसेका हुन्छन्, अथवा झाडीमा ढुकेर बसेका हुन्छन्?
41 Who prepareth for the Raven his nourishment, —when his young ones—unto GOD—cry out, [when] they wander for lack of food?
जब कागका बचेराहरूले आहाराको अभावको कारण परमेश्वरलाई पुकार्दा, तब कसले कागलाई आहारा जुटाइदिन्छ?