< Psalms 1 >

1 How happy the man, who hath not walked in the counsel of the lawless, —and, in the way of sinners, hath not stood, and, in the seat of scoffers, hath not sat;
धन्य हुन् तिनीहरू, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
2 But, in the law of Yahweh, is his delight, —and, in his law, doth he talk with himself day and night.
तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
3 So doth he become like a tree planted by streams of waters, —that yieldeth, its fruit, in its season, whose leaf, also doth not wither, and, whatsoever he doeth, prospereth.
तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।
4 Not so, the lawless, —but as chaff which is driven about by the wind:
दुष्‍टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्।
5 For this cause, shall the lawless not stand in the judgment, —nor sinners in the assembly of the righteous.
यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।
6 For Yahweh doth acknowledge the way of the righteous; but, the way of the lawless, shall vanish.
किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।

< Psalms 1 >