< 2 Korinterne 1 >
1 Paulus, ved Guds Villie Kristi Jesu Apostel, og Broderen Timotheus til Guds Menighed, som er i Korinth, tillige med alle de hellige, som ere i hele Akaja:
पावल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई ।
2 Naade være med eder og Fred fra Gud vor Fader og den Herre Jesus Kristus!
हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
3 Lovet være Gud og vor Herres Jesu Kristi Fader, Barmhjertighedens Fader og al Trøsts Gud,
हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ ।
4 som trøster os under al vor Trængsel, for at vi maa kunne trøste dem, som ere i alle Haande Trængsel, med den Trøst, hvormed vi selv trøstes af Gud!
परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।
5 Thi ligesom Kristi Lidelser komme rigeligt over os, saaledes bliver ogsaa vor Trøst rigelig ved Kristus.
जसरी हाम्रो निम्ति ख्रीष्टको कष्ट प्रशस्त छ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ ।
6 Men hvad enten vi lide Trængsel, sker det til eders Trøst og Frelse, eller vi trøstes, sker det til eders Trøst, som viser sin Kraft i, at I udholde de samme Lidelser, som ogsaa vi lide; og vort Haab om eder er fast,
तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ ।
7 efterdi vi vide, at ligesom I ere delagtige i Lidelserne, saaledes ere I det ogsaa i Trøsten.
तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्ने हामीलाई थाहा छ ।
8 Thi vi ville ikke, Brødre! at I skulle være uvidende om den Trængsel, som kom over os i Asien, at vi bleve overvættes besværede, over Evne, saa at vi endog mistvivlede om Livet.
भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौँ । हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।
9 Ja, selv have vi hos os selv faaet det Svar: „Døden”, for at vi ikke skulde forlade os paa os selv, men paa Gud, som oprejser de døde,
वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो ।
10 han, som friede os ud af saa stor en Dødsfare og vil fri os, til hvem vi have sat vort Haab, at han ogsaa fremdeles vil fri os,
उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्ने हामीले उहाँमा आशा राखेका छौँ ।
11 idet ogsaa I komme os til Hjælp med Bøn for os, for at der fra mange Munde maa blive rigeligt takket for os, for den Naade, som er bevist os.
उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् ।
12 Thi dette er vor Ros, vor Samvittigheds Vidnesbyrd, at i Guds Hellighed og Renhed, ikke i kødelig Visdom, men i Guds Naade have vi færdedes i Verden, men mest hos eder.
हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्वरको अनुग्रहमा ।
13 Thi vi skrive eder ikke andet til end det, som I læse eller ogsaa erkende; men jeg haaber, at I indtil Enden skulle erkende,
हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ ।
14 ligesom I ogsaa til Dels have erkendt om os, at vi ere eders Ros, ligesom I ere vor, paa den Herres Jesu Dag.
जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ । येशू ख्रीष्टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्नेछौ ।
15 Og i Tillid hertil havde jeg i Sinde at komme først til eder, for at I skulde faa Naade to Gange,
यो कुरामा म निर्धक्क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ ।
16 og om ad eder at drage til Makedonien og atter fra Makedonien at komme til eder og blive befordret videre af eder til Judæa.
माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।
17 Naar jeg nu havde dette i Sinde, mon jeg da saa handlede i Letsindighed? Eller hvad jeg beslutter, beslutter jeg det efter Kødet, for at der hos mig skal være Ja, Ja og Nej, Nej?
जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र?
18 Saa sandt Gud er trofast, er vor Tale til eder ikke Ja og Nej.
तर जसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ ।
19 Thi Guds Søn, Kristus Jesus, som blev prædiket iblandt eder ved os, ved mig og Silvanus og Timotheus, han blev ikke Ja og Nej, men Ja er vorden i ham.
किनकि परमेश्वरका पुत्र येशू ख्रीष्ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ ।
20 Thi saa mange som Guds Forjættelser ere, i ham have de deres Ja; derfor faa de ogsaa ved ham deres Amen, Gud til Ære ved os.
किनकि परमेश्वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्वरको महिमालाई “आमेन” भनेका छौँ ।
21 Men den, som holder os med eder fast til Kristus og salvede os, er Gud,
अब परमेश्वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।
22 som ogsaa beseglede os og gav os Aandens Pant i vore Hjerter.
उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो ।
23 Men jeg kalder Gud til Vidne over min Sjæl paa, at det var for at skaane eder, at jeg ikke igen kom til Korinth.
बरु, मैले परमेश्वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ ।
24 Ikke at vi ere Herrer over eders Tro, men vi ere Medarbejdere paa eders Glæde; thi i Troen staa I.
तिमीहरूको विश्वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन । बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्वासमा अटल रहन्छौ ।