< 1 Korinterne 16 >

1 Men hvad Indsamlingen til de hellige angaar, da gører ogsaa I, ligesom jeg forordnede for Menighederne i Galatien!
अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
2 Hver første Dag i Ugen lægge enhver af eder hjemme hos sig selv noget til Side og samle, hvad han maatte have Lykke til, for at der ikke først skal ske Indsamlinger, naar jeg kommer.
हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
3 Men naar jeg kommer, vil jeg sende, hvem I maatte finde skikkede dertil, med Breve for at bringe eders Gave til Jerusalem.
र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।
4 Men dersom det er værd, at ogsaa jeg rejser med, da kunne de rejse med mig.
र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
5 Men jeg vil komme til eder, naar jeg er dragen igennem Makedonien; thi jeg drager igennem Makedonien;
तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
6 men hos eder vil jeg maaske blive eller endog overvintre, for at I kunne befordre mig videre, hvor jeg saa rejser hen.
सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।
7 Thi nu vil jeg ikke se eder paa Gennemrejse; jeg haaber nemlig at forblive nogen Tid hos eder, om Herren vil tilstede det.
किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।
8 Men i Efesus vil jeg forblive indtil Pinsen;
तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।
9 thi en Dør staar mig aaben, stor og virksom, og der er mange Modstandere.
किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।
10 Men om Timotheus kommer, da ser til, at han kan færdes hos eder uden Frygt; thi han gør Herrens Gerning, saavel som jeg.
तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् ।
11 Derfor maa ingen ringeagte ham; befordrer ham videre i Fred, for at han kan komme til mig; thi jeg venter ham med Brødrene.
कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
12 Men hvad Broderen Apollos angaar, da har jeg meget opfordret ham til at komme til eder med Brødrene; men det var i hvert Fald ikke hans Villie at komme nu, men han vil komme, naar han faar belejlig Tid.
अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।
13 Vaager, staar faste i Troen, værer mandige, værer stærke!
सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
14 Alt ske hos eder i Kærlighed!
तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
15 Men jeg formaner eder, Brødre — I kende Stefanas's Hus, at det er Akajas Førstegrøde, og de have hengivet sig selv til at tjene de hellige —
स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि
16 til at ogsaa I skulle underordne eder under saadanne og enhver, som arbejder med og har Besvær.
त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
17 Men jeg glæder mig ved Stefanas's og Fortunatus's og Akaikus's Nærværelse, fordi disse have udfyldt Savnet af eder;
स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।
18 thi de have vederkvæget min Aand og eders. Skønner derfor paa saadanne!
किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर ।
19 Menighederne i Asien hilse eder. Akvila og Priska hilse eder meget i Herren tillige med Menigheden i deres Hus.
एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
20 Alle Brødrene hilse eder. Hilser hverandre med et helligt Kys!
सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
21 Hilsenen med min, Paulus's egen Haand.
म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
22 Dersom nogen ikke elsker Herren, han være en Forbandelse! Maran Atha.
यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
23 Den Herres Jesu Naade være med eder!
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
24 Min Kærlighed med eder alle i Kristus Jesus!
ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।

< 1 Korinterne 16 >