< Nyimbo ya Solomoni 3 >
1 Usiku wonse ndili pa bedi langa ndinafunafuna amene mtima wanga umamukonda; ndinamufunafuna koma osamupeza.
प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ । मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
2 Ndikudzuka tsopano ndipo ndidzayendayenda mu mzinda, mʼmisewu yake ndi mʼmabwalo ake; ndidzamufunafuna amene mtima wanga umamukonda. Kotero ine ndinamufunafuna iyeyo koma osamupeza.
मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु । मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु ।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
3 Alonda anandipeza pamene ankayendera mzinda. “Kodi mwamuonako amene mtima wanga umamukonda?”
पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्नुभएको छ?”
4 Nditawapitirira pangʼono ndinamupeza amene mtima wanga umamukonda. Ndinamugwira ndipo sindinamulole kuti achoke mpaka nditamulowetsa mʼnyumba ya amayi anga, mʼchipinda cha amene anandibereka.
तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्त्रीहरूसित बोल्दैः
5 Inu akazi a ku Yerusalemu, ndithu ndikukupemphani pali gwape ndi mbawala yayikazi zakuthengo: Musachigwedeze chikondi kapena kuchiutsa mpaka pamene chifunire ichocho.
हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
6 Kodi ndani amene akubwera kuchokera ku chipululu ngati utsi watolotolo, wonunkhira mure ndi lubani, zopangidwa kuchokera ku zonunkhira zonse za anthu amalonda?
व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो?
7 Ona! Chimenecho ndi chonyamulira Solomoni, choperekezedwa ndi asilikali 60, anthu amphamvu a ku Israeli,
हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।
8 onse atanyamula lupanga, onse odziwa bwino nkhondo, aliyense ali ndi lupanga pambali pake, kukonzekera zoopsa za usiku.
तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन् । रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ ।
9 Mfumu Solomoni anadzipangira chonyamulirachi; anachipanga ndi matabwa ochokera ku Lebanoni.
राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।
10 Milongoti yake anayipanga yasiliva, kumbuyo kwake kwa golide. Mipando yake inakutidwa ndi nsalu yapepo, anakongoletsa mʼkati mwake ndi chikondi cha akazi a ku Yerusalemu.
यसका डन्डाहरू चाँदीका थिए । यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्त्रले ढाकिएको थियो । यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो । प्रेमिका यरूशलेमका स्त्रीहरूसित बोल्दैः
11 Tukulani inu akazi a ku Ziyoni ndipo mudzaone mfumu Solomoni atavala chipewa chaufumu, chipewa chaufumu chimene amayi ake anamuveka pa tsiku la ukwati wake, tsiku limene mtima wake unasangalala.
हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।