< دَانِيآل 6 >

حَسُنَ عِنْدَ دَارِيُّوسَ أَنْ يُوَلِّيَ عَلَى ٱلْمَمْلَكَةِ مِئَةً وَعِشْرِينَ مَرْزُبَانًا يَكُونُونَ عَلَى ٱلْمَمْلَكَةِ كُلِّهَا. ١ 1
दारालाई सम्पूर्ण राज्यभरि शासन गर्नलाई एक सय बीस जना राज्यपालहरूलाई नियुक्त गर्न इच्छा लाग्यो।
وَعَلَى هَؤُلَاءِ ثَلَاثَةَ وُزَرَاءَ أَحَدُهُمْ دَانِيآلُ، لِتُؤَدِّيَ ٱلْمَرَازِبَةُ إِلَيْهِمِ ٱلْحِسَابَ فَلَا تُصِيبَ ٱلْمَلِكَ خَسَارَةٌ. ٢ 2
ती राज्यपालहरूमाथि तीन जना प्रशासकहरू थिए, र तीमध्ये दानिएलचाहिँ एक जना थिए। राज्यपालहरूले आफ्ना कामको उत्तरदायित्व तिनीहरूलाई दिनुपर्थ्यो, ताकि राजाको काममा कुनै हानि उठाउन नपरोस्।
فَفَاقَ دَانِيآلُ هَذَا عَلَى ٱلْوُزَرَاءِ وَٱلْمَرَازِبَةِ، لِأَنَّ فِيهِ رُوحًا فَاضِلَةً. وَفَكَّرَ ٱلْمَلِكُ فِي أَنْ يُوَلِّيَهُ عَلَى ٱلْمَمْلَكَةِ كُلِّهَا. ٣ 3
दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे।
ثُمَّ إِنَّ ٱلْوُزَرَاءَ وَٱلْمَرَازِبَةَ كَانُوا يَطْلُبُونَ عِلَّةً يَجِدُونَهَا عَلَى دَانِيآلَ مِنْ جِهَةِ ٱلْمَمْلَكَةِ، فَلَمْ يَقْدِرُوا أَنْ يَجِدُوا عِلَّةً وَلَا ذَنْبًا، لِأَنَّهُ كَانَ أَمِينًا وَلَمْ يُوجَدْ فِيهِ خَطَأٌ وَلَا ذَنْبٌ. ٤ 4
यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्‍टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्‍वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्‍टता थियो, न त लापर्बाही थियो।
فَقَالَ هَؤُلَاءِ ٱلرِّجَالُ: «لَا نَجِدُ عَلَى دَانِيآلَ هَذَا عِلَّةً إِلَّا أَنْ نَجِدَهَا مِنْ جِهَةِ شَرِيعَةِ إِلَهِهِ». ٥ 5
आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।”
حِينَئِذٍ ٱجْتَمَعَ هَؤُلَاءِ ٱلْوُزَرَاءُ وَٱلْمَرَازِبَةُ عِنْدَ ٱلْمَلِكِ وَقَالُوا لَهُ هَكَذَا: «أَيُّهَا ٱلْمَلِكُ دَارِيُوسُ، عِشْ إِلَى ٱلْأَبَدِ! ٦ 6
यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्!
إِنَّ جَمِيعَ وُزَرَاءِ ٱلْمَمْلَكَةِ وَٱلشِّحَنِ وَٱلْمَرَازِبَةِ وَٱلْمُشِيرِينَ وَٱلْوُلَاةِ قَدْ تَشَاوَرُوا عَلَى أَنْ يَضَعُوا أَمْرًا مَلَكِيًّا وَيُشَدِّدُوا نَهْيًا، بِأَنَّ كُلَّ مَنْ يَطْلُبُ طِلْبَةً حَتَّى ثَلَاثِينَ يَوْمًا مِنْ إِلَهٍ أَوْ إِنْسَانٍ إِلَّا مِنْكَ أَيُّهَا ٱلْمَلِكُ، يُطْرَحُ فِي جُبِّ ٱلْأُسُودِ. ٧ 7
राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्।
فَثَبِّتِ ٱلْآنَ ٱلنَّهْيَ أَيُّهَا ٱلْمَلِكُ، وَأَمْضِ ٱلْكِتَابَةَ لِكَيْ لَا تَتَغَيَّرَ كَشَرِيعَةِ مَادِي وَفَارِسَ ٱلَّتِي لَا تُنْسَخُ». ٨ 8
अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।”
لِأَجْلِ ذَلِكَ أَمْضَى ٱلْمَلِكُ دَارِيُوسُ ٱلْكِتَابَةَ وَٱلنَّهْيَ. ٩ 9
यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले।
فَلَمَّا عَلِمَ دَانِيآلُ بِإِمْضَاءِ ٱلْكِتَابَةِ ذَهَبَ إِلَى بَيْتِهِ، وَكُواهُ مَفْتُوحَةٌ فِي عُلِّيَّتِهِ نَحْوَ أُورُشَلِيمَ، فَجَثَا عَلَى رُكْبَتَيْهِ ثَلَاثَ مَرَّاتٍ فِي ٱلْيَوْمِ، وَصَلَّى وَحَمَدَ قُدَّامَ إِلَهِهِ كَمَا كَانَ يَفْعَلُ قَبْلَ ذَلِكَ. ١٠ 10
अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे।
فَٱجْتَمَعَ حِينَئِذٍ هَؤُلَاءِ ٱلرِّجَالُ فَوَجَدُوا دَانِيآلَ يَطْلُبُ وَيَتَضَرَّعُ قُدَّامَ إِلَهِهِ. ١١ 11
तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए।
فَتَقَدَّمُوا وَتَكَلَّمُوا قُدَّامَ ٱلْمَلِكِ فِي نَهْيِ ٱلْمَلِكِ: «أَلَمْ تُمْضِ أَيُّهَا ٱلْمَلِكُ نَهْيًا بِأَنَّ كُلَّ إِنْسَانٍ يَطْلُبُ مِنْ إِلَهٍ أَوْ إِنْسَانٍ حَتَّى ثَلَاثِينَ يَوْمًا إِلَّا مِنْكَ أَيُّهَا ٱلْمَلِكُ يُطْرَحُ فِي جُبِّ ٱلْأُسُودِ؟» فَأَجَابَ ٱلْمَلِكُ وَقَالَ: «ٱلْأَمْرُ صَحِيحٌ كَشَرِيعَةِ مَادِي وَفَارِسَ ٱلَّتِي لَا تُنْسَخُ». ١٢ 12
यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।”
حِينَئِذٍ أَجَابُوا وَقَالُوا قُدَّامَ ٱلْمَلِكِ: «إِنَّ دَانِيآلَ ٱلَّذِي مِنْ بَنِي سَبْيِ يَهُوذَا لَمْ يَجْعَلْ لَكَ أَيُّهَا ٱلْمَلِكُ ٱعْتِبَارًا وَلَا لِلنَّهْيِ ٱلَّذِي أَمْضَيْتَهُ، بَلْ ثَلَاثَ مَرَّاتٍ فِي ٱلْيَوْمِ يَطْلُبُ طِلْبَتَهُ». ١٣ 13
तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्छ।”
فَلَمَّا سَمِعَ ٱلْمَلِكُ هَذَا ٱلْكَلَامَ ٱغْتَاظَ عَلَى نَفْسِهِ جِدًّا، وَجَعَلَ قَلْبَهُ عَلَى دَانِيآلَ لِيُنَجِّيَهُ، وَٱجْتَهَدَ إِلَى غُرُوبِ ٱلشَّمْسِ لِيُنْقِذَهُ. ١٤ 14
जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे।
فَٱجْتَمَعَ أُولَئِكَ ٱلرِّجَالُ إِلَى ٱلْمَلِكِ وَقَالُوا لِلْمَلِكِ: «ٱعْلَمْ أَيُّهَا ٱلْمَلِكُ أَنَّ شَرِيعَةَ مَادِي وَفَارِسَ هِيَ أَنَّ كُلَّ نَهْيٍ أَوْ أَمْرٍ يَضَعُهُ ٱلْمَلِكُ لَا يَتَغَيَّرُ». ١٥ 15
तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।”
حِينَئِذٍ أَمَرَ ٱلْمَلِكُ فَأَحْضَرُوا دَانِيآلَ وَطَرَحُوهُ فِي جُبِّ ٱلْأُسُودِ. أَجَابَ ٱلْمَلِكُ وَقَالَ لِدَانِيآلَ: «إِنَّ إِلَهَكَ ٱلَّذِي تَعْبُدُهُ دَائِمًا هُوَ يُنَجِّيكَ». ١٦ 16
यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले नै तिमीलाई बचाऊन्।”
وَأُتِيَ بِحَجَرٍ وَوُضِعَ عَلَى فَمِ ٱلْجُبِّ وَخَتَمَهُ ٱلْمَلِكُ بِخَاتِمِهِ وَخَاتِمِ عُظَمَائِهِ، لِئَلَّا يَتَغَيَّرَ ٱلْقَصْدُ فِي دَانِيآلَ. ١٧ 17
अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्।
حِينَئِذٍ مَضَى ٱلْمَلِكُ إِلَى قَصْرِهِ وَبَاتَ صَائِمًا، وَلَمْ يُؤْتَ قُدَّامَهُ بِسَرَارِيهِ وَطَارَ عَنْهُ نَوْمُهُ. ١٨ 18
त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्।
ثُمَّ قَامَ ٱلْمَلِكُ بَاكِرًا عِنْدَ ٱلْفَجْرِ وَذَهَبَ مُسْرِعًا إِلَى جُبِّ ٱلْأُسُودِ. ١٩ 19
बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए।
فَلَمَّا ٱقْتَرَبَ إِلَى ٱلْجُبِّ نَادَى دَانِيآلَ بِصَوْتٍ أَسِيفٍ. أَجَابَ ٱلْمَلِكُ وَقَالَ لِدَانِيآلَ: «يَا دَانِيآلُ عَبْدَ ٱللهِ ٱلْحَيِّ، هَلْ إِلَهُكَ ٱلَّذِي تَعْبُدُهُ دَائِمًا قَدِرَ عَلَى أَنْ يُنَجِّيَكَ مِنَ ٱلْأُسُودِ؟» ٢٠ 20
जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्‍वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्‍वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?”
فَتَكَلَّمَ دَانِيآلُ مَعَ ٱلْمَلِكِ: «يَا أَيُّهَا ٱلْمَلِكُ، عِشْ إِلَى ٱلْأَبَدِ! ٢١ 21
दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्!
إِلَهِي أَرْسَلَ مَلَاكَهُ وَسَدَّ أَفْوَاهَ ٱلْأُسُودِ فَلَمْ تَضُرَّنِي، لِأَنِّي وُجِدْتُ بَرِيئًا قُدَّامَهُ، وَقُدَّامَكَ أَيْضًا أَيُّهَا ٱلْمَلِكُ، لَمْ أَفْعَلْ ذَنْبًا». ٢٢ 22
मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।”
حِينَئِذٍ فَرِحَ ٱلْمَلِكُ بِهِ، وَأَمَرَ بِأَنْ يُصْعَدَ دَانِيآلُ مِنَ ٱلْجُبِّ. فَأُصْعِدَ دَانِيآلُ مِنَ ٱلْجُبِّ وَلَمْ يُوجَدْ فِيهِ ضَرَرٌ، لِأَنَّهُ آمَنَ بِإِلَهِهِ. ٢٣ 23
राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्‍वरमाथि भरोसा राखेका थिए।
فَأَمَرَ ٱلْمَلِكُ فَأَحْضَرُوا أُولَئِكَ ٱلرِّجَالَ ٱلَّذِينَ ٱشْتَكَوْا عَلَى دَانِيآلَ وَطَرَحُوهُمْ فِي جُبِّ ٱلْأُسُودِ هُمْ وَأَوْلَادَهُمْ وَنِسَاءَهُمْ. وَلَمْ يَصِلُوا إِلَى أَسْفَلِ ٱلْجُبِّ حَتَّى بَطَشَتْ بِهِمِ ٱلْأُسُودُ وَسَحَقَتْ كُلَّ عِظَامِهِمْ. ٢٤ 24
राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए।
ثُمَّ كَتَبَ ٱلْمَلِكُ دَارِيُّوسُ إِلَى كُلِّ ٱلشُّعُوبِ وَٱلْأُمَمِ وَٱلْأَلْسِنَةِ ٱلسَّاكِنِينَ فِي ٱلْأَرْضِ كُلِّهَا: «لِيَكْثُرْ سَلَامُكُمْ. ٢٥ 25
तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: “तिमीहरूको उन्‍नति प्रशस्त होस्!
مِنْ قِبَلِي صَدَرَ أَمْرٌ بِأَنَّهُ فِي كُلِّ سُلْطَانِ مَمْلَكَتِي يَرْتَعِدُونَ وَيَخَافُونَ قُدَّامَ إِلَهِ دَانِيآلَ، لِأَنَّهُ هُوَ ٱلْإِلَهُ ٱلْحَيُّ ٱلْقَيُّومُ إِلَى ٱلْأَبَدِ، وَمَلَكُوتُهُ لَنْ يَزُولَ وَسُلْطَانُهُ إِلَى ٱلْمُنْتَهَى. ٢٦ 26
“म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्।
هُوَ يُنَجِّي وَيُنْقِذُ وَيَعْمَلُ ٱلْآيَاتِ وَٱلْعَجَائِبَ فِي ٱلسَّمَاوَاتِ وَفِي ٱلْأَرْضِ. هُوَ ٱلَّذِي نَجَّى دَانِيآلَ مِنْ يَدِ ٱلْأُسُودِ». ٢٧ 27
उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ;
فَنَجَحَ دَانِيآلُ هَذَا فِي مُلْكِ دَارِيُّوسَ وَفِي مُلْكِ كُورَشَ ٱلْفَارِسِيِّ. ٢٨ 28
यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्‍नति भयो।

< دَانِيآل 6 >