< دَانِيآل 5 >
بَيْلْشَاصَّرُ ٱلْمَلِكُ صَنَعَ وَلِيمَةً عَظِيمَةً لِعُظَمَائِهِ ٱلْأَلْفِ، وَشَرِبَ خَمْرًا قُدَّامَ ٱلْأَلْفِ. | ١ 1 |
एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए।
وَإِذْ كَانَ بَيْلْشَاصَّرُ يَذُوقُ ٱلْخَمْرَ، أَمَرَ بِإِحْضَارِ آنِيَةِ ٱلذَّهَبِ وَٱلْفِضَّةِ ٱلَّتِي أَخْرَجَهَا نَبُوخَذْنَصَّرُ أَبُوهُ مِنَ ٱلْهَيْكَلِ ٱلَّذِي فِي أُورُشَلِيمَ، لِيَشْرَبَ بِهَا ٱلْمَلِكُ وَعُظَمَاؤُهُ وَزَوْجَاتُهُ وَسَرَارِيهِ. | ٢ 2 |
जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्।
حِينَئِذٍ أَحْضَرُوا آنِيَةَ ٱلذَّهَبِ ٱلَّتِي أُخْرِجَتْ مِنْ هَيْكَلِ بَيْتِ ٱللهِ ٱلَّذِي فِي أُورُشَلِيمَ، وَشَرِبَ بِهَا ٱلْمَلِكُ وَعُظَمَاؤُهُ وَزَوْجَاتُهُ وَسَرَارِيهِ. | ٣ 3 |
यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।
كَانُوا يَشْرَبُونَ ٱلْخَمْرَ وَيُسَبِّحُونَ آلِهَةَ ٱلذَّهَبِ وَٱلْفِضَّةِ وَٱلنُّحَاسِ وَٱلْحَدِيدِ وَٱلْخَشَبِ وَٱلْحَجَرِ. | ٤ 4 |
जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।
فِي تِلْكَ ٱلسَّاعَةِ ظَهَرَتْ أَصَابِعُ يَدِ إِنْسَانٍ، وَكَتَبَتْ بِإِزَاءِ ٱلنِّبْرَاسِ عَلَى مُكَلَّسِ حَائِطِ قَصْرِ ٱلْمَلِكِ، وَٱلْمَلِكُ يَنْظُرُ طَرَفَ ٱلْيَدِ ٱلْكَاتِبَةِ. | ٥ 5 |
त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे।
حِينَئِذٍ تَغَيَّرَتْ هَيْئَةُ ٱلْمَلِكِ وَأَفْزَعَتْهُ أَفْكَارُهُ، وَٱنْحَلَّتْ خَرَزُ حَقْوَيْهِ، وَٱصْطَكَّتْ رُكْبَتَاهُ. | ٦ 6 |
अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए।
فَصَرَخَ ٱلْمَلِكُ بِشِدَّةٍ لِإِدْخَالِ ٱلسَّحَرَةِ وَٱلْكَلْدَانِيِّينَ وَٱلْمُنَجِّمِينَ، فَأَجَابَ ٱلْمَلِكُ وَقَالَ لِحُكَمَاءِ بَابِلَ: «أَيُّ رَجُلٍ يَقْرَأُ هَذِهِ ٱلْكِتَابَةَ وَيُبَيِّنُ لِي تَفْسِيرَهَا فَإِنَّهُ يُلَبَّسُ ٱلْأُرْجُوَانَ وَقِلَادَةً مِنْ ذَهَبٍ فِي عُنُقِهِ، وَيَتَسَلَّطُ ثَالِثًا فِي ٱلْمَمْلَكَةِ». | ٧ 7 |
राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्च शासकको तेस्रो दर्जामा राखिनेछ।”
ثُمَّ دَخَلَ كُلُّ حُكَمَاءِ ٱلْمَلِكِ، فَلَمْ يَسْتَطِيعُوا أَنْ يَقْرَأُوا ٱلْكِتَابَةَ، وَلَا أَنْ يُعَرِّفُوا ٱلْمَلِكَ بِتَفْسِيرِهَا. | ٨ 8 |
तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्न सकेनन्।
فَفَزَعَ ٱلْمَلِكُ بَيْلْشَاصَّرُ جِدًّا وَتَغَيَّرَتْ فِيهِ هَيْئَتُهُ، وَٱضْطَرَبَ عُظَمَاؤُهُ. | ٩ 9 |
यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्क परे।
أَمَّا ٱلْمَلِكَةُ فَلِسَبَبِ كَلَامِ ٱلْمَلِكِ وَعُظَمَائِهِ دَخَلَتْ بَيْتَ ٱلْوَلِيمَةِ، فَأَجَابَتِ ٱلْمَلِكَةُ وَقَالَتْ: «أَيُّهَا ٱلْمَلِكُ، عِشْ إِلَى ٱلْأَبَدِ! لَا تُفَزِّعْكَ أَفْكَارُكَ وَلَا تَتَغَيَّرُ هَيْئَتُكَ. | ١٠ 10 |
राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्!
يُوجَدُ فِي مَمْلَكَتِكَ رَجُلٌ فِيهِ رُوحُ ٱلْآلِهَةِ ٱلْقُدُّوسِينَ، وَفِي أَيَّامِ أَبِيكَ وُجِدَتْ فِيهِ نَيِّرَةٌ وَفِطْنَةٌ وَحِكْمَةٌ كَحِكْمَةِ ٱلْآلِهَةِ، وَٱلْمَلِكُ نَبُوخَذْنَصَّرُ أَبُوكَ جَعَلَهُ كَبِيرَ ٱلْمَجُوسِ وَٱلسَّحَرَةِ وَٱلْكَلْدَانِيِّينَ وَٱلْمُنَجِّمِينَ. أَبُوكَ ٱلْمَلِكُ. | ١١ 11 |
हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो।
مِنْ حَيْثُ إِنَّ رُوحًا فَاضِلَةً وَمَعْرِفَةً وَفِطْنَةً وَتَعْبِيرَ ٱلْأَحْلَامِ وَتَبْيِينَ أَلْغَازٍ وَحَلَّ عُقَدٍ وُجِدَتْ فِي دَانِيآلَ هَذَا، ٱلَّذِي سَمَّاهُ ٱلْمَلِكُ بَلْطَشَاصَّرَ. فَلْيُدْعَ ٱلْآنَ دَانِيآلُ فَيُبَيِّنَ ٱلتَّفْسِيرَ». | ١٢ 12 |
उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
حِينَئِذٍ أُدْخِلَ دَانِيآلُ إِلَى قُدَّامِ ٱلْمَلِكِ. فَأَجَابَ ٱلْمَلِكُ وَقَالَ لِدَانِيآلَ: «أَأَنْتَ هُوَ دَانِيآلُ مِنْ بَنِي سَبْيِ يَهُوذَا، ٱلَّذِي جَلَبَهُ أَبِي ٱلْمَلِكُ مِنْ يَهُوذَا؟ | ١٣ 13 |
यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्ने तिमी नै हौ?
قَدْ سَمِعْتُ عَنْكَ أَنَّ فِيكَ رُوحَ ٱلْآلِهَةِ، وَأَنَّ فِيكَ نَيِّرَةٌ وَفِطْنَةٌ وَحِكْمَةٌ فَاضِلَةٌ. | ١٤ 14 |
मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्टि, समझशक्ति र असाधारण बुद्धि छ।
وَٱلْآنَ أُدْخِلَ قُدَّامِي ٱلْحُكَمَاءُ وَٱلسَّحَرَةُ لِيَقْرَأُوا هَذِهِ ٱلْكِتَابَةَ وَيُعَرِّفُونِي بِتَفْسِيرِهَا، فَلَمْ يَسْتَطِيعُوا أَنْ يُبَيِّنُوا تَفْسِيرَ ٱلْكَلَامِ. | ١٥ 15 |
यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्।
وَأَنَا قَدْ سَمِعْتُ عَنْكَ أَنَّكَ تَسْتَطِيعُ أَنْ تُفَسِّرَ تَفْسِيرًا وَتَحُلَّ عُقَدًا. فَإِنِ ٱسْتَطَعْتَ ٱلْآنَ أَنْ تَقْرَأَ ٱلْكِتَابَةَ وَتُعَرِّفَنِي بِتَفْسِيرِهَا فَتُلَبَّسُ ٱلْأُرْجُوَانَ وَقِلَادَةً مِنْ ذَهَبٍ فِي عُنُقِكَ وَتَتَسَلَّطُ ثَالِثًا فِي ٱلْمَمْلَكَةِ». | ١٦ 16 |
अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्च शासकको तेस्रो दर्जा दिइनेछ।”
فَأَجَابَ دَانِيآلُ وَقَالَ قُدَّامَ ٱلْمَلِكِ: «لِتَكُنْ عَطَايَاكَ لِنَفْسِكَ وَهَبْ هِبَاتِكَ لِغَيْرِي. لَكِنِّي أَقْرَأُ ٱلْكِتَابَةَ لِلْمَلِكِ وَأُعَرِّفُهُ بِٱلتَّفْسِيرِ. | ١٧ 17 |
तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।
أَنْتَ أَيُّهَا ٱلْمَلِكُ، فَٱللهُ ٱلْعَلِيُّ أَعْطَى أَبَاكَ نَبُوخَذْنَصَّرَ مَلَكُوتًا وَعَظَمَةً وَجَلَالًا وَبَهَاءً. | ١٨ 18 |
“हे महाराजा, सर्वोच्च परमेश्वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो।
وَلِلْعَظَمَةِ ٱلَّتِي أَعْطَاهُ إِيَّاهَا كَانَتْ تَرْتَعِدُ وَتَفْزَعُ قُدَّامَهُ جَمِيعُ ٱلشُّعُوبِ وَٱلْأُمَمِ وَٱلْأَلْسِنَةِ. فَأَيًّا شَاءَ قَتَلَ، وَأَيًّا شَاءَ ٱسْتَحْيَا، وَأَيًّا شَاءَ رَفَعَ، وَأَيًّا شَاءَ وَضَعَ. | ١٩ 19 |
परमेश्वरले तिनलाई दिनुभएको उच्च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्नति गरिदिन चाहेकाहरूलाई पदोन्नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे।
فَلَمَّا ٱرْتَفَعَ قَلْبُهُ وَقَسَتْ رُوحُهُ تَجَبُّرًا، ٱنْحَطَّ عَنْ كُرْسِيِّ مُلْكِهِ، وَنَزَعُوا عَنْهُ جَلَالَهُ، | ٢٠ 20 |
तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो।
وَطُرِدَ مِنْ بَيْنِ ٱلنَّاسِ، وَتَسَاوَى قَلْبُهُ بِٱلْحَيَوَانِ، وَكَانَتْ سُكْنَاهُ مَعَ ٱلْحَمِيرِ ٱلْوَحْشِيَّةِ، فَأَطْعَمُوهُ ٱلْعُشْبَ كَٱلثِّيرَانِ، وَٱبْتَلَّ جِسْمُهُ بِنَدَى ٱلسَّمَاءِ، حَتَّى عَلِمَ أَنَّ ٱللهَ ٱلْعَلِيَّ سُلْطَانٌ فِي مَمْلَكَةِ ٱلنَّاسِ، وَأَنَّهُ يُقِيمُ عَلَيْهَا مَنْ يَشَاءُ. | ٢١ 21 |
तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्च परमेश्वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।
وَأَنْتَ يَا بَيْلْشَاصَّرُ ٱبْنَهُ لَمْ تَضَعْ قَلْبَكَ، مَعَ أَنَّكَ عَرَفْتَ كُلَّ هَذَا، | ٢٢ 22 |
“तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन।
بَلْ تَعَظَّمْتَ عَلَى رَبِّ ٱلسَّمَاءِ، فَأَحْضَرُوا قُدَّامَكَ آنِيَةَ بَيْتِهِ، وَأَنْتَ وَعُظَمَاؤُكَ وَزَوْجَاتُكَ وَسَرَارِيكَ شَرِبْتُمْ بِهَا ٱلْخَمْرَ، وَسَبَّحْتَ آلِهَةَ ٱلْفِضَّةِ وَٱلذَّهَبِ وَٱلنِّحَاسِ وَٱلْحَدِيدِ وَٱلْخَشَبِ وَٱلْحَجَرِ ٱلَّتِي لَا تُبْصِرُ وَلَا تَسْمَعُ وَلَا تَعْرِفُ. أَمَّا ٱللهُ ٱلَّذِي بِيَدِهِ نَسَمَتُكَ، وَلَهُ كُلُّ طُرُقِكَ فَلَمْ تُمَجِّدْهُ. | ٢٣ 23 |
त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्।
حِينَئِذٍ أُرْسِلَ مِنْ قِبَلِهِ طَرَفُ ٱلْيَدِ، فَكُتِبَتْ هَذِهِ ٱلْكِتَابَةُ. | ٢٤ 24 |
यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो।
وَهَذِهِ هِيَ ٱلْكِتَابَةُ ٱلَّتِي سُطِّرَتْ: مَنَا مَنَا تَقَيْلُ وَفَرْسِينُ. | ٢٥ 25 |
“खोपिएको लेखोट यही हो: मेने, मेने, टेकेल, पर्सिन
وَهَذَا تَفْسِيرُ ٱلْكَلَامِ: مَنَا، أَحْصَى ٱللهُ مَلَكُوتَكَ وَأَنْهَاهُ. | ٢٦ 26 |
“यी शब्दहरूको अर्थ यही हो: “मेने: परमेश्वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ।
تَقَيْلُ، وُزِنْتَ بِٱلْمَوَازِينِ فَوُجِدْتَ نَاقِصًا. | ٢٧ 27 |
“तकेल: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ।
فَرْسِ، قُسِمَتْ مَمْلَكَتُكَ وَأُعْطِيَتْ لِمَادِي وَفَارِسَ». | ٢٨ 28 |
“पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।”
حِينَئِذٍ أَمَرَ بَيْلْشَاصَّرُ أَنْ يُلْبِسُوا دَانِيآلَ ٱلْأَرْجُوانَ وَقِلَادَةً مِنْ ذَهَبٍ فِي عُنُقِهِ، وَيُنَادُوا عَلَيْهِ أَنَّهُ يَكُونُ مُتَسَلِّطًا ثَالِثًا فِي ٱلْمَمْلَكَةِ. | ٢٩ 29 |
तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो।
فِي تِلْكَ ٱللَّيْلَةِ قُتِلَ بَيْلْشَاصَّرُ مَلِكُ ٱلْكَلْدَانِيِّينَ، | ٣٠ 30 |
त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए;
فَأَخَذَ ٱلْمَمْلَكَةَ دَارِيُّوسُ ٱلْمَادِيُّ وَهُوَ ٱبْنُ ٱثْنَتَيْنِ وَسِتِّينَ سَنَةً. | ٣١ 31 |
अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।