Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Contemporary Bible, Nehemiah Chapter 1 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Contemporary/Nehemiah 1) हकल्याहका छोरा नहेम्याहका वचनहरू: अर्तसास्त राजाको शासनको बीसौँ वर्षको किसलेव महिनामा जब म फारसको राजधानी शूशनको सहरमा थिएँ, 2) तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ। 3) तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।” 4) जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ। 5) तब मैले भनेँ: “हे याहवेह, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ। 6) इस्राएलका मानिस तपाईंका सेवकहरूका निम्ति तपाईंको अगि तपाईंको सेवकले दिनरात चढाइरहेको प्रार्थना ध्यानसँग सुन्नलाई तपाईंका कानहरूले ध्यान देऊन् र हेर्नलाई आँखा खुला रहून्। हामी सबै इस्राएलीहरूले पाप गरेका छौँ, साथै म र मेरा पिताका घरानाले तपाईंको विरुद्धमा गरेका पापहरू स्वीकार गर्दछु। 7) हामीले तपाईंको विरुद्धमा अति दुष्ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ। 8) “तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु। 9) तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’ 10) “तिनीहरू तपाईंका सेवक र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र सामर्थी हातले उद्धार गर्नुभयो। 11) हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।” म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ। Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!