Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Contemporary Bible, Exodus Chapter 32 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Contemporary/Exodus/32 1) जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।” 2) हारूनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूका पत्नीहरू र तिमीहरूका छोराछोरीहरूले लगाइराखेका कानका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।” 3) यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए। 4) तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।” 5) जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।” 6) यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे। 7) तब याहवेहले मोशालाई भन्नुभयो, “तल ओर्ली; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्। 8) मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’ 9) “याहवेहले मोशालाई भन्नुभयो, ‘मैले यी मानिसहरूलाई देखेको छु; यिनीहरू हठी मानिसहरू हुन्।’ 10) अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूका विरुद्धमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पार्नेछु। तब म तँबाट नै एउटा महान् जाति बनाउनेछु।” 11) तर मोशाले याहवेह आफ्ना परमेश्वरबाट कृपा मागेर भने, “हे याहवेह, तपाईंले महान् शक्ति र सामर्थी हातले इजिप्टबाट ल्याउनुभएको आफ्नो जातिको विरुद्धमा तपाईंको क्रोध किन यति साह्रो दन्केको छ? 12) ‘उहाँले तिनीहरूलाई पहाडी ठाउँहरूमा मारेर यस पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटिदिने नराम्रो विचार लिएर तिनीहरूलाई निकालेर ल्याउनुभयो,’ भनेर इजिप्टियनहरूले किन भन्न पाऊन्? तपाईंको भयानक क्रोध त्याग्नुहोस्; शान्त हुनुहोस्, र आफ्ना जातिमाथि विपत्ति नल्याउनुहोस्। 13) तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्, जसलाई तपाईंले यसो भनी आफ्नै नाममा शपथ खानुभएको थियो: ‘म तेरा सन्ततिलाई आकाशका ताराहरूझैँ धेरै बनाउनेछु, र मैले तिनीहरूसित प्रतिज्ञा गरेको देश दिनेछु; अनि त्यो अनन्तसम्मका लागि तिनीहरूको उत्तराधिकार हुनेछ।’” 14) तब याहवेह शान्त हुनुभयो, र आफूले चेतावनी दिनुभएको विपत्ति आफ्ना मानिसहरूमाथि ल्याउनुभएन। 15) मोशा फर्के, र करारका ती दुई ढुङ्गाका पाटीहरू लिएर पर्वतदेखि तल ओर्ले। ती अगाडि र पछाडि, दुवैतिर खोपिएका थिए। 16) ती पाटीहरू परमेश्वरका काम थिए; त्यो लेखोट पाटीहरूमा खोपिएको परमेश्वरको लेखोट थियो। 17) यहोशूले मानिसहरू चिच्याएको हल्ला सुनेर मोशालाई भने, “तल छाउनीमा लडाइँको आवाज सुनिँदैछ।” 18) मोशाले जवाफ दिए: “यो सोर न त जित्नेहरूको हो, न हार्नेहरूको हो; म त गाउनेहरूको आवाज पो सुन्दैछु।” 19) जब मोशा छाउनीमा पुगेर बाछाको मूर्ति र नाच देखे, तब तिनी रिसले आगो भए; अनि तिनले ती पाटीहरूलाई आफ्ना हातबाट फ्याँकिदिएर पर्वतको फेदीमा टुक्रा-टुक्रा पारेर फुटाइदिए। 20) तिनले उनीहरूले बनाएको बाछा लिएर त्यसलाई आगोमा जलाइदिए, अनि त्यसलाई धुलोपिठो पारिदिए, र त्यसलाई पानीमा छरिदिए; अनि इस्राएलीहरूलाई त्यो पिउन लाए। 21) अनि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले तिनीहरूलाई यति ठूलो पाप गर्न लाउनुभयो?” 22) हारूनले जवाफ दिए, “मेरा प्रभु, नरिसाउनुहोस्। यी मानिसहरू दुष्टतातिर कतिसम्म झुकेका छन्, त्यो तपाईं जान्नुहुन्छ। 23) तिनीहरूले मलाई भने, ‘हाम्रो अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशाको विषयमा तिनलाई के भयो हामी जान्दैनौँ।’ 24) यसकारण मैले तिनीहरूलाई यसो भनेँ, ‘जस-जससित केही सुनका गहना छन्, त्यो फुकालून्।’ तब तिनीहरूले त्यो सुन मलाई दिए; मैले त्यसलाई आगोमा फालिदिएँ, र यसबाट यो बाछा निस्केर आयो।” 25) मोशाले मानिसहरू असभ्य भइरहेका, र हारूनले तिनीहरूलाई अधीनबाहिर जान दिएर तिनीहरूका शत्रुको निम्ति हाँसोको पात्र बनेका देखे। 26) यसकारण मोशा छाउनीको प्रवेशद्वारमा उभिएर भने, “जो-जो याहवेहको पक्षमा छ, मकहाँ आओस्।” अनि सबै लेवीहरू तिनीकहाँ भेला भए। 27) तब तिनले उनीहरूलाई भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘प्रत्येक मानिसले तरवार भिर्नू। छाउनीको अगि र पछि एक छेउदेखि अर्को छेउसम्म प्रत्येकले आफ्नो दाजुभाइ, मित्र र छिमेकीलाई मार्दै जानू।’” 28) लेवीहरूले मोशाले हुकुम दिएझैँ गरे; अनि त्यस दिन प्राय: तीन हजार मानिसहरू मरे। 29) तब मोशाले भने, “आज तिमीहरू याहवेहका निम्ति अलग गरिएका छौ; किनकि तिमीहरू आफ्नै छोराहरू र दाजुभाइहरूका विरुद्धमा भयौ; अनि उहाँले आजको दिन तिमीहरूलाई आशिष् दिनुभएको छ।” 30) भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म याहवेहकहाँ माथि जानेछु; सायद म तिमीहरूका पापको प्रायश्चित गर्न सक्छु कि।” 31) यसकारण मोशा फर्केर याहवेहकहाँ गएर भने, “हाय, यी मानिसहरूले कति ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका छन्। 32) तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। यदि गरिदिनुभएन भने त तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नामनिशानै मेटिदिनुहोस्।” 33) याहवेहले मोशालाई जवाफ दिनुभयो, “जसले मेरो विरुद्ध पाप गरेको छ, त्यसलाई म मेरो पुस्तकबाट मेटाउनेछु। 34) अब जा, मानिसहरूलाई मैले भनेको ठाउँमा डोर्याएर लैजा, र मेरा दूत तेरो अगि-अगि जानेछन्। तरै पनि जब मैले दण्ड दिने समय आउँछ, म तिनीहरूका पापको निम्ति तिनीहरूलाई दण्ड दिनेछु।” 35) अनि तिनीहरूले हारूनले बनाएका बाछालाई जे गरेका थिए, त्यसैको कारण याहवेहले मानिसहरूलाई रूढीले मार्नुभयो। Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!