Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Mark Chapter 4 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Mark/4 1) फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो । त्यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्नुभयो । सबै भिड समुद्र किनारको छेउमा थिए । 2) उहाँले तिनीहरूलाई धेरै कुरा दृष्टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, 3) “सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो । 4) त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए । 5) अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन । 6) तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले । 7) अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् । 8) अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।” 9) अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् ।” 10) येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्त दृष्टान्तको बारेमा उहाँसँग सोधे । 11) उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ । 12) त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।” 13) अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ?” 14) बिउ छर्नेले वचन छर्छ । 15) वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ । 16) ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । 17) तिनीहरूको आफ्नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् । 18) अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, 19) तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । (aiōn g165) 20) असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।” 21) येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्न घरभित्र ल्याउँछौ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ । 22) किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्त कुरा छैन । 23) यदि कसैको सुन्ने कान छ भने, त्यसले सुनोस् ।” 24) उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ । 25) किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।” 26) येशूले भन्नुभयो, “परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो । 27) ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ । 28) जमिन आफैँले अन्न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ । 29) जब अन्न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।” 30) उहाँले भन्नुभयो, “हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ? 31) यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । 32) तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून् । 33) यस्ता धेरै दृष्टान्तद्वारा तिनीहरूले बुझ्न सक्नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो । 34) अनि उहाँले दृष्टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो । 35) त्यो दिन जब साँझ पर्यो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तालको पारिपट्टि जाऔँ ।” 36) त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो । उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए । 37) त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो । 38) तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?” 39) अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो । 40) उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्वास छैन?” 41) तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!