Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Judges Chapter 1 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Judges 1) यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?” 2) परमप्रभुले भन्नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।” 3) यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्न सक्छौं । त्यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए । 4) यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे । 5) तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्जीहरूलाई परास्त गरे । 6) तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए । 7) अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्नो निम्ति भोजन बाटुल्थे । मैले जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे । 8) यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए । 9) त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए । 10) यहूदा हेब्रोनमा बस्ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे । 11) त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) । 12) कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्छ, त्यसको पत्नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।” 13) कालेबका भाइ कनजका छोरा, ओत्निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्नी हुनलाई दिए । 14) चाँडै नै अक्सा ओत्निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्छु?” 15) तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए । 16) मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्थानमा त्यहाँका मानिसहरूसँग बस्न गए, जुन नेगेवमा पर्छ । 17) यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो । 18) यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे । 19) परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए । 20) कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले । 21) तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् । 22) योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो । 23) तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो) । 24) ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।” 25) उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए । 26) तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्यसको नाउँ हो । 27) मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्ने पक्का गरेका थिए । 28) जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् । 29) एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे । 30) जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए । 31) आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् । 32) यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् । 33) नप्तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो । 34) एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् । 35) यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो । 36) एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!