Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Jude Chapter 1 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Jude 1) येशू ख्रीष्टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्वर पितामा प्रिय अनि येशू ख्रीष्टको निम्ति राखिएकाहरूलाई, 2) अनुग्रह, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् । 3) प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्न प्रयत्न गर्दा, विश्वासीहरूलाई सधैँको निम्ति दिइएको विश्वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्न आवश्यक भयो । 4) किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्वरको भय नमान्ने मानिसहरू हुन् जसले परमेश्वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन् । 5) तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्वास नगर्नेहरूलाई उहाँले नष्ट गर्नुभयो । 6) आफ्नो अधिकारको प्रतिष्ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्नुभएको छ । (aïdios g126) 7) यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए । (aiōnios g166) 8) तर यस्तै प्रकारले, यी सपना देख्नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्दछन् । तिनीहरूले अधिकारलाई इन्कार गर्दछन्, र महिमितहरूको विरुद्धमा निन्दा गर्ने कुराहरू भन्दछन् । 9) तर प्रधान दूत मिखाएलले पनि दुष्टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!” 10) तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्ट गरेका छन् । 11) धिक्कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्ट भएका छन् । 12) तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् । 13) तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ । (aiōn g165) 14) आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ । 15) उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्वरको भय नमान्नेहरूले ईश्वरहीन रूपमा गरेका सबै काम, र परमेश्वरको भय नमान्ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।” 16) यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् । 17) तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर । 18) उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।” 19) यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन । 20) तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर । 21) तिमीहरू आफैँलाई परमेश्वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ । (aiōnios g166) 22) शङ्का गर्नेहरूसँग दयालु होओ । 23) अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग होसियारीसाथ दयालु होओ । शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई समेत घृणा गर । 24) अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने, 25) हाम्रा उद्धारक एक मात्र परमेश्वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्टबाट महिमा, गरिमा, प्रभुत्व र शक्ति रहिहोस् । आमेन । (aiōn g165) Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!