Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Joshua Chapter 19 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Joshua/19 1) दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो । 2) तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा, 3) हसर-शूआल, बाला, एसेम, 4) एल्तोलद, बतूल र होर्मा । 5) शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा, 6) बेथ-लबाओत, शारूहेन । 7) शिमियोनका यी पनि थिएः ऐन, रिम्मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए । 8) बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो । 9) शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो । 10) कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो । 11) तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म र दब्बेशेतलाई छोयो; त्यसपछि यो योक्नामको सामुन्नेको खोलासम्म फैलिएको थियो । 12) सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो । 13) त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्मोनसम्म पुग्यो र नेआतिर मोडियो । 14) सिमानाले हन्नतोनतिर उत्तरतिर मोड लियो र यिप्ताहएलको बेँसीमा टुङ्गियो । 15) यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए । 16) यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो । 17) चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्यो । 18) तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम, 19) हपरैम, शीओन र अनाहारत । 20) यसमा रब्बीत, किश्योन, एबेस, 21) रेमेथ, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् । 22) तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए । 23) तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो । 24) पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्यो । 25) तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप, 26) अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्नातसम्म फैलिएको थियो । 27) त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो । 28) यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो । 29) सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा, 30) उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए । 31) तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो । 32) छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्तालीको कुललाई पर्यो । 33) तिनीहरूको सिमाना हेलेपबाट, सानन्नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्नेल र लक्कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो । 34) सिमाना पश्चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो । 35) यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत, 36) अदामा, रामा, हासोर, 37) केदेश, एद्रेई, एन-हासोर । 38) यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्नाइसवटा सहर थिए । 39) तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्तालीको उत्तराधिकार थियो । 40) सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्यो । 41) यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्तोल, इर-शेमेश, 42) शालवीन, अय्यालोन, इत्ला पर्थे । 43) यसमा एलोन, तिम्ना, एक्रोन, 44) एल्तके, गिब्बतोन, बालात, 45) यहूद, बने-बरक, गात-रिम्मोन, 46) मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्कोन पर्थ्यो । 47) जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे । 48) कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो । 49) जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए । 50) परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे । 51) भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!