Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Job Chapter 42 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Job/42 1) तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने, 2) “तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्न सकिंदैन । 3) तपाईंले सोध्नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्हो थियो, जसको बारेमा मलाई थाहा थिएन । 4) तपाईंले मलाई भन्नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।' 5) तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् । 6) त्यसैले म आफैलाई हीन ठान्छु । धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्छु ।” 7) परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ । 8) त्यसकारण अब आफ्नो निम्ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।” 9) त्यसैले एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती गए, र परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएझैं गरे, अनि परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो । 10) अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो । 11) तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए । 12) परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए । 13) तिनका सात छोरा र तिन छोरी पनि थिए । 14) तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे । 15) सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्ना दाजुभाइसरह नै पैतृक-अंश दिए । 16) यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे । 17) तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!