Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Job Chapter 38 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Job/38 1) तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्नुभयो, 2) “ज्ञानविनाका शब्दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो? 3) अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले जवाफ दिनुपर्छ । 4) मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् । 5) यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो? 6) के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो? 7) कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्वरका सबै छोराहरूले आनन्दले चिच्च्याए । 8) गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्यसका ढोकाहरू बन्द गर्यो? 9) कति बेला मैले त्यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ? 10) त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, 11) अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्छु ।' 12) के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्यसको ठाउँ चिनाएको छस्, 13) जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्? 14) छाप मुनिको माटोको आकार बदलिएझैं स्वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् । 15) दुष्टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ । तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ । 16) के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्? 17) के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस्? 18) के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन् । 19) ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ? 20) ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्न सक्छस्? 21) त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्छ । तेरो उमेर धेरै भइसकेको हुन्छ! 22) हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्? 23) यी कुराहरू मैले सङ्कष्टको समयको निम्ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु । 24) बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्छ? 25) झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ, 26) कुनै व्यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई, 27) सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्याउनलाई, र भूमिबाट घाँस उमार्नलाई? 28) के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो? 29) कसको गर्भबाट बरफको जन्म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो? 30) पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्छ । 31) के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्? 32) के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस्? के तैंले सप्तर्षि तारा र त्यसको दललाई डोर्याउन सक्छस्? 33) के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्? 34) के तैंले आफ्नो सोर बादलसम्म पुर्याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्त भलले तँलाई ढाक्न सक्छ? 35) के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं?' 36) बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ? 37) कसले आफ्नो सिपद्वारा बादललाई गन्न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ, 38) जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ? 39) के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्त पार्न सक्छस्, 40) जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्तमा लुकेर पर्खिरहन्छन्? 41) कागका बचेराहरूले परमेश्वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ? Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!