Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Exodus Chapter 17 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Exodus/17 1) परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन । 2) त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?” 3) मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?” 4) तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्न झण्डै तयार छन् ।” 5) परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा । 6) म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्टिमा त्यसै गरे । 7) इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्न?” भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे । 8) तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे । 9) त्यसैले मोशाले यहोशूलाई भने, “केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु ।” 10) त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले । 11) मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्न थाल्थे । 12) मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्गा ल्याएर तीमुनि राखिदिन्थे । त्यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्जेलसम्म मोशाका हात थामिए । 13) अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे । 14) परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।” 15) तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे । 16) तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!