Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Exodus Chapter 11 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Exodus/11 1) तब परमप्रभुले मोशालाई भन्नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ । 2) हरेक पुरुष र स्त्रीले तिनीहरूका छिमेकीहरूबाट चाँदी र सरसामानहरू माग्न तिनीहरूलाई निर्देशन दे ।” 3) अब परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक बनाइदिनुभयो । यसको अतिरिक्त, यी मानिस मोशा फारोका अधिकारीहरू र मिश्रका मानिसहरूका दृष्टिमा प्रभावशाली बने । 4) मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छः मध्यराततिर म मिश्र भएर जानेछु । 5) मिश्र देशमा सिंहासनमा बस्ने फारोको जेठो छोरोदेखि लिएर जाँतो पिँध्ने दासीको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरू मर्नेछन् । 6) त्यसपछि मिश्र देशमा पहिले कहिल्यै नसुनिएको र फेरि पछि कहिल्यै नसुनिने ठुलो रुवाबासी हुनेछ । 7) तर इस्राएलका मानिस र पशुको विरुद्धमा भने एउटा कुकुर पनि भुक्नेछैन । यसरी मैले मिश्रीहरू र इस्राएलीहरूलाई फरक तरिकाले व्यवहार गर्दै छु भनी तैँले जान्नेछस् । 8) फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्नेछन्, 'तपाईंको पछि लाग्ने सबै मानिस जाऊन् ।' त्यसपछि म जानेछु ।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए । 9) परमप्रभुले मोशालाई भन्नुभयो, “फारोले तेरो कुरा सुन्नेछैन । मैले मिश्र देशमा धेरै अचम्मका कामहरू गर्न सकूँ भनेर यसो भएको हो ।” 10) मोशा र हारूनले फारोको सामु यी सबै अचम्मका काम गरे । तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले आफ्नो देशबाट इस्राएलका मानिसहरूलाई जान दिएनन् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!