Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Deuteronomy Chapter 26 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Deuteronomy/26 1) जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा आई यसको अधिकार गरेर वसोवास गर्छौ, 2) तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा भूमिको सबै उब्जनीको पहिलो फल लिनू । त्यसलाई एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा त्यसलाई लिएर जानू । 3) ती दिनमा सेवा गर्ने पुजारीकहाँ गएर यसो भन्नू, 'परमप्रभु तपाईंका परमेश्वरले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगेको छु भनी म उहाँको अगि स्वीकार गर्दछु ।' 4) पुजारीले तिमीहरूका हातबाट डालोलाई लिई परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको सामू राखून् । 5) तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु भन्नू, 'मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो । 6) मिश्रीहरूले हामीलाई निष्ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए । तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए । 7) हामीले हाम्रा पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुलाई पुकार्यौँ, र उहाँले हाम्रो क्रन्दन, हाम्रो पीडा, हाम्रो श्रम र हाम्रो थिचोमिचो सुन्नुभयो । 8) परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो । 9) अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्ने यो देश दिनुभएको छ । 10) अब हेर्नुहोस्, परमप्रभुले मलाई दिनुभएको यस देशको उब्जनीको पहिलो फल मैले तपाईंकहाँ ल्याएको छु ।' तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु त्यस डालोलाई राखेर उहाँको आराधना गर्नू । 11) अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका बिचमा भएका लेवीसाथै परदेशीका निम्ति उहाँले गर्नुभएका सम्पूर्ण भलाइको कारणले आनन्द मनाओ । 12) दशांश दिने वर्ष अर्थात् तेस्रो वर्षमा तिमीहरूको उब्जनीको सबै दशांश अलग गरिसकेपछि तिमीहरूले त्यो परदेशी, अनाथ र विधवालाई दिनू ताकि तिमीहरूका सहरभित्र तिनीहरूले खाएर तृप्त होऊन् । 13) तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु यसो भन्नू, 'तपाईंले मलाई दिनुभएका सबै आज्ञामुताबिक जुन थोकहरू परमप्रभुका हुन् ती मैले मेरो घरबाट ल्याएर लेवी, परदेशी, अनाथ र विधवालाई दिएको छु । मैले तपाईंका कुनै पनि आज्ञा उल्लङ्घन गरेको छैनँ न त त्यसलाई बिर्सेको छु । 14) मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु । 15) पवित्रस्थानबाट हेर्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ जुन स्वर्ग हो । तपाईंको जाति इस्राएल, तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने देश अर्थात् हामीलाई दिनुभएको देशलाई आशिष् दिनुहोस् ।' 16) आज परमप्रभु तिमीहरूका परमेश्वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान । 17) आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्ने छौ र उहाँको कुरा सुन्ने छौ । 18) आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्ने छौ । 19) अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्चमा राख्नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ ।” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!