Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Acts Chapter 23 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Acts/23 1) पावलले महासभाका मानिसहरूलाई सिधा हेरेर भने, “हे दाजुभाइहरू हो, आजको दिनसम्म म परमेश्वरको अगि सबै असल विवेकमा जिएको छु । 2) प्रधान पूजाहारी हननियाले नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा गरे । 3) त्यसपछि पावलले तिनलाई भने, “परमेश्वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ । तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ?” 4) ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?” 5) पावलले भने, “दाजुभाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । किनभने यस्तो लेखिएको छ, ʼतिमीले तिम्रा मानिसहरूका शासकहरूबारे खराब कुरा बोल्नुहुदैन‘।” 6) जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब उनले परिषद्मा ठुलो सोरले भने, “दाजुभाइहरू हो, म फरिसीका छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मलाई न्याय गरिँदै छ ।” 7) उनले यो कुरा भनेपछि सदूकी र फरिसीहरूका बिचमा वादविवाद सुरु भयो, र सभा विभाजित भयो । 8) किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् । 9) त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?” 10) जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्तान डराए । त्यसैले, उनले तल गएर परिषद्का सदस्यहरूका बिचबाट पावललाई जबरजस्ती सेनाको किल्लामा ल्याउन सेनाहरूलाई आदेश दिए । 11) अर्को रात परमेश्वर उनको छेउमा आएर उभिनुभयो, र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।” 12) जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् । 13) यसरी षड्यन्त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए । 14) तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ । 15) त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।” 16) तर तिनीहरूले उनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले, ऊ सेनाको किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो । 17) पावलले सेनाहरूमध्ये एक जना कप्तानलाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनभने उसँग उहाँलाई भन्ने केही कुरा छ ।” 18) त्यसैले, उनले जवान केटोलाई मुख्य कप्तानकहाँ लगे, र उनले भने, “कैदी पावलले मलाई बोलाए, र यो केटोलाई तपाईंकहाँ लैजान भने । उसँग तपाईंलाई भन्ने केही कुरा छ ।” 19) मुख्य कप्तानले त्यो केटोलाई हातले समातेर गोप्य ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्नु छ?” 20) त्यो जवान मानिसले भन्यो, “तिनीहरूले उनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने गरी ती यहूदीहरूले भोलि पावललाई तल परिषद्मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । 21) तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।” 22) त्यसैले, प्रमुख कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई भनेका यी कुराहरू अरू कसैलाई पनि नभन्नू ।” 23) त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ ।” 24) अनि उनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र उनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउनलाई आज्ञा गरे । 25) त्यसपछि उनले यस्तो चिट्ठी लेखे । 26) “क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन । 27) यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए । जब मैले सैन्यदलसहित गएर यी मानिसको उद्धार गरेँ, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्ने कुरा थाहा पाएँ । 28) यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्नको लागि मैले तिनलाई तिनीहरूको परिषद्मा ल्याएँ । 29) मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन् । तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ । 30) र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्यन्त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्नू भनी निर्देशन दिएको छु । बिदा!” 31) यसरी सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञाअनुसार पावललाई लगे, र उनलाई सोही रात एन्टिपाट्रिस ल्याए । 32) अर्को दिन धेरैजसो सिपाहीहरूले पावललाई घोडचढीहरूसँग छोडेर उनीहरूचाहिँ सैन्य किल्लामा फर्के । 33) जब घोडचढीहरू कैसरिया पुगे, र तिनीहरूले शासकलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ बुझाए । 34) जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर 35) उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!