Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 1-Samuel Chapter 1 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/1-Samuel/1 1) एफ्राइमको पहाडी देशको सूपीहरूका रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एफ्राइमी सूपका जनाति तोहूको पनाति एलीहूको नाति यरोहामका छोरा एल्काना थिए । 2) तिनका दुई वटी पत्नीहरू थिए । पहिलोको नाउँ हन्नाह र दोस्रोको नाउँ पनिन्नाह थियो । पनिन्नाहका छोराछोरी थिए तर हन्नाहका थिएन । 3) यिनी आफ्नो सहरबाट सर्वशक्तिमान् परमप्रभुको निम्ति बलिदान चढाउन र आरधना गर्न हरेक वर्ष शीलोमा जन्थे । त्यहाँ एलीका दुई जना छोराहरू होप्नी र पीनहास परमप्रभुका पुजारीहरू थिए । 4) जब एल्कानाले हरेक वर्षझैं बलिदान गर्ने समय आयो, तिनले सदैव तिनकी पत्नी पनिन्नाह र तिनका सबै छोरा र छोरीलाई मासुको भागहरू दिन्थे । 5) तर तिनले हन्नाहलाई सदैव दोब्बर भाग दिन्थे, किनभने तिनले उनलाई माया गर्थे, यद्यपि परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो । 6) उनको सौताले उनलाई रिस उठाउनलाई उनलाई साह्रै चिढ्याउँथिन्, किनभने परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो । 7) त्यसैले वर्षै पिच्छे, उनी आफ्नो परिवारसँग परमप्रभुको भवनमा जाँदा उनको सौताले तिनलाई सदैव चिढ्याउँथिन् । यसकारण, उनी रुन्थिन् र केही पनि खाँदैनथिन् । 8) उनका पति एल्कानाले सदैव उनलाई भन्थे,”ए हन्नाह, तिमी किन रुन्छ्यौ? तिमी किन खाँदिनौ? तिम्रो हृदय किन यति धेरै निराश हुन्छ? के म तिम्रो निम्ति दस जना छोराभन्दा उत्तम छैन र?” 9) यि अवसरमध्ये एकपल्ट तिनीहरूले शीलोमा खाने र पिउने काम सकेपछि हन्नाह उठिन् । यति बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा आफ्नो आसनमा बसिरहेका थिए । 10) उनी अति नै व्याकुल भएकी थिइन् । उनले परमप्रभुसँग प्रार्थना गरिन् र धुरुधुरु रोइन् । 11) उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्छ, मलाई याद गर्नुहुन्छ र आफ्नो दासीलाई बिर्सनुहुन्न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन ।” 12) उनले परमप्रभुको सामु प्रार्थना गरिरहँदा एलीले तिनको मुखलाई हेरे । 13) हन्नाह आफ्नो हृदयमा बोलिन् । उनका ओठहरू चले, तर उनको सोर सुनिएन । यसकारण, उनी मद्यले मातेकी थिइन् भनी एलीले विचार गरे । 14) एलीले उनलाई भने, “तिमी कहिलेसम्म मद्यले मातिरहन्छ्यौ? आफ्नो मद्यको आदत छोडिदेऊ।” 15) हन्नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्मा भएको स्त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु । 16) हजूकी दासीलाई एउटी निर्लज्ज स्त्री भएकी विचार नगर्नुहोस् । ठुलो चिन्ता र धेरै अपमानले गर्दा म बोलिरहेकी छु ।” 17) तब एलीले जवाफ दिए र भने, “शान्तिसँग जाऊ । इस्राएलका परमेश्वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् ।” 18) उनले भनिन्, “तपाईंकी दासीलाई तपाईंको नजरमा कृपा मिलोस् ।” अनि ती स्त्री गईन् र खाइन् । उनको अनुहार फेरि कहिल्यै निराश भएन । 19) तिनीहरू बिहान सबेरै उठे र परमप्रभुको आराधना गरे, अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के । आफ्नो पत्नी हन्नाहसँग एल्कनाले सहवास गरे र परमप्रभुले उनलाई याद गर्नुभयो । 20) जब समय आयो, तब हन्नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।” 21) फेरि एकपल्ट, एल्काना र तिनका सबै घराना वर्षै पिच्छेको बलिदान परमप्रभुलाई चढाउन र आफ्नो भाकल पुरा गर्न गए । 22) तर हन्नाह गइनन् । उनले आफ्नो पतिलाई यसो भनेकी थिइन्, “बालकले दूध नछोडेसम्म म जानेछैनँ । त्यसपछि म उसलाई लानेछु, ताकि ऊ परमप्रभुको सामु देखा परोस् र सदासर्वदा त्यहीं बसोस् ।” 23) उनका पति एल्कानाले उनलाई भने, “तिमीलाई जे असल लाग्छ सो गर । उसले दूध नछोडेसम्म पर्ख । परमप्रभुले आफ्नो वचन मात्र पुरा गर्नुभएको होस् ।” यसैले ती स्त्री बसिन् र उनको छोराले दूध नछोडेसम्म उसलाई दूध खुवाइन् । 24) जब उनले उसलाई दूध छोडाइन्, तब उनले तिन वर्षे साँढे, पाँच पाथी पिठो, एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन्, अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन् । यति बेला त्यो बालक सानै थियो । 25) तिनीहरूले साँढेलाई मारे र बलकलाई एलीकहाँ ल्याए । 26) उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्त्री म नै हुँ । 27) यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो । 28) मैले उसलाई परमप्रभुमा अर्पण गरेको छु, ऊ जीवित रहेसम्म उसलाई परमप्रभुमा दिइएको छ ।” तब तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!