Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 1-Chronicles Chapter 9 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/1-Chronicles/9 1) यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो । ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए । यहूदाचाहिं आफ्नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो । 2) सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए । 3) यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे । 4) बसोबास गर्नेहरूमा अम्मीहूदका छोरा उतै, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका सन्तानमध्ये एक जना थिए । 5) शीलोनीहरूमा जेठा छोरा असायाह र तिनका छोराहरू थिए । 6) जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो । 7) बेन्यामीनका सन्तानहरूमा मशुल्लामका छोरा सल्लु, जो होदबियाका छोरा, जो हस्सेनूअका छोरा थिए । 8) यरोहामका छोरा यिब्नियाह; उज्जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए । 9) वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्ख्या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्ना पिताका घरानाहरूका निम्ति मुखियाहरू थिए । 10) यदायाह, यहोयारीब, र याकीन पुजारीहरू थिए । 11) हिल्कियाहका छोरा अजर्याह, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जसले परमेश्वरको मन्दिरको जिम्मेवारी पाएका थिए । 12) अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए । अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए । 13) आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए । 14) लेवीहरूमा शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारीका सन्तानमध्येका थिए । 15) बक्बक्कर, हारेश, गालाल अनि मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए । 16) अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्याह, जो आसाका छोरा, जो एल्कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्थे । 17) शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्लूम थिए । 18) यस अगि तिनीहरू लेवीका सन्तानहरूका छाउनीका निम्ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए । 19) शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे । 20) पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो । 21) मेशेलेम्याहका छोरा जकरिया मन्दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए । 22) प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए । 23) यसैले तिनीहरू र तिनीहरूका सन्तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे । 24) ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो । 25) आफ्ना गाउँहरूमा बस्ने तिनीहरूका दाजुभाइ एक पल्टमा सात दिनका लागि पालैपालो आउँथे । 26) तर ढोकाका सुरक्षा गर्नेमध्येका चार जना लेवी अगुवाहरूलाई परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइयो । 27) तिनीहरू परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे । 28) तिमध्ये कोहीले मन्दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे । 29) तिमध्ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए । 30) पुजारीहरूका छोराहरूमध्ये कसैले मसला मिसाउँथे । 31) कोरही शल्लूमका जेठा छोरा लेवी मत्तित्याहको भेटीका रोटीहरू तयार गर्ने कामका निरीक्षक थिए । 32) तिनीहरूका दाजुभाइहरूमध्ये कोही, कोहातीहरूका सन्तानहरू, हरेक शबाथ-दिनमा उपस्थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए । 33) गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो । 34) ती सबै जना आफ्ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्थे । 35) गिबोनका पिता यीएल गिबोनमा बस्थे, जसकी पत्नीको नाउँ माका थियो । 36) तिनका जेठा छोरा अब्दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 37) गदोर, अहियो, जकरिया र मिक्लोत थिए । 38) मिक्लोत शिमामका पिता थिए । तिनीहरू पनि यरूशलेममा आफ्ना दाजुभाइको नजिकै बस्थे । 39) नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए । 40) जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए । 41) मीकाका छोराहरू पीतोन, मेलेक, तहरै र आहाज थिए । 42) आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । 43) मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । 44) आसेलका छ जना छोराहरू अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान थिए । यी सबै आसेलका छोराहरू थिए । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!