< Lawiylar 12 >
1 Perwerdigar Musagha söz qilip mundaq dédi: —
परमप्रभुले मोशालाई भन्नुभयो,
2 Israillargha söz qilip mundaq dégin: — «Ayal kishi hamilidar bolup oghul tughsa, adet körüp aghriq bolghan künliridikidek yette kün’giche napak sanalsun.
“इस्राएलका मानिसहरूलाई यसो भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।
3 Sekkizinchi küni oghli bolsa xetne qilinsun.
आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
4 Ayal bolsa shuningdin kéyin ottuz üch kün’giche «qan paklinish»ta tursun; paklinish künliri tamam bolmighuche héchbir muqeddes nersige tegmisun, muqeddes jayghimu kirmisun.
त्यसपछि त्यस स्त्रीको रक्तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।
5 Eger u qiz tughsa undaqta adet künliridikidek ikki heptigiche napak turup, andin atmish alte kün’giche «qan paklinish»ta tursun.
तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्वलाको समयमा झैँ त्यो दुई हप्तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।
6 Meyli oghul yaki qiz tughsun, qan paklinish künliri tamam bolghandin kéyin u ayal köydürme qurbanliq üchün bir yashqa kirgen qozini, gunah qurbanliqi üchün bir bachka yaki paxtekni élip jamaet chédirining kirish aghzigha, kahinning qéshigha keltürsun.
त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।
7 Kahin uni Perwerdigarning aldida sunup, shu ayal üchün kafaret keltüridu; shuning bilen u xunidin pak bolidu. Oghul yaki qiz tughqan ayal toghrisidiki qanun-belgilime mana shudur.
त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्त्रीको निम्ति प्रायश्चित्त गर्ने छ, र त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्त्रीको निम्ति विधि यही नै हो ।
8 Eger uning qozigha qurbi yetmise, u ikki paxtek yaki ikki bachka keltürsun; ularning biri köydürme qurbanliq üchün, yene biri gunah qurbanliqi üchün bolidu; shu yol bilen kahin uning üchün kafaret keltüridu; u ayal pak bolidu.
यदि त्यस स्त्रीको भेडाको बच्चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”