< सफ़न 2 >
1 ऐ बेहया क़ौम, जमा' हो, जमा' हो;
निर्लज्ज जाति, एकठ्ठा होओ, जम्मा होओ,
2 इससे पहले के फ़रमान — ए — इलाही ज़ाहिर हो, और वह दिन भुस की तरह जाता रहे, और ख़ुदावन्द का बड़ा क़हर तुम पर नाज़िल हो, और उसके ग़ज़ब का दिन तुम पर आ पहुँचे।
आज्ञा लागु हुनुभन्दा अगि र भुसझैँ त्यो दिन बितिजानभन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।
3 ऐ मुल्क के सब हलीम लोगों, जो ख़ुदावन्द के हुक्मों पर चलते हो, उसके तालिब हो, रास्तबाज़ी को ढूँढों, फ़रोतनी की तलाश करो; शायद ख़ुदावन्द के ग़ज़ब के दिन तुम को पनाह मिले।
उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।
4 क्यूँकि ग़ज़्ज़ा मतरूक होगा, और अस्क़लोन वीरान किया जाएगा, और अशदूद दोपहर को ख़ारिज कर दिया जाएगा, और अक़रून की बेख़कनी की जाएगी।
किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।
5 समन्दर के साहिल के रहने वालो, या'नी करेतियों की क़ौम पर अफ़सोस! ऐ कना'न, फ़िलिस्तियों की सरज़मीन, ख़ुदावन्द का कलाम तेरे ख़िलाफ़ है; मैं तुझे हलाक — ओ — बर्बाद करूँगा यहाँ तक कि कोई बसने वाला न रहे।
ए सुमुद्रको किनारमा बस्ने करेती जाति, तिमीहरूलाई धिक्कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।
6 और समन्दर के साहिल, चरागाहें होंगे, जिनमें चरवाहों की झोपड़ियाँ और भेड़ख़ाने होंगे।
यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्ने ठाउँ हुनेछ ।
7 और वही साहिल, यहूदाह के घराने के बक़िया के लिए होंगे; वह उनमें चराया करेंगे, वह शाम के वक़्त अस्क़लून के मकानों में लेटा करेंगे, क्यूँकि ख़ुदावन्द उनका ख़ुदा, उन पर फिर नज़र करेगा, और उनकी ग़ुलामी को ख़त्म करेगा।
तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।
8 मैंने मोआब की मलामत और बनी 'अम्मोन की लान'तान सुनी है उन्होंने मेरी क़ौम को मलामत की और उनकी हुदूद को दबा लिया है।
“मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।
9 इसलिए रब्ब — उल — अफ़वाज इस्राईल का ख़ुदा फ़रमाता है, मुझे अपनी हयात की क़सम यक़ीनन मोआब सदूम की तरह होगा, और बनी 'अम्मोन 'अमूरा की तरह; वह पुरख़ार और नमकज़ार और हमेशा से हमेशा तक बर्बाद रहेंगे। मेरे लोगों के बाक़ी उनको ग़ारत करेंगे, और मेरी क़ौम के बाक़ी लोग उनके वारिस होंगे।
यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”
10 ये सब कुछ उनके तकब्बुर की वजह से उन पर आएगा, क्यूँकि उन्होंने रब्ब — उल — अफ़वाज के लोगों को मलामत की और उन पर ज़ियादती की।
तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
11 ख़ुदावन्द उनके लिए हैबतनाक होगा, और ज़मीन के तमाम मा'बूदों को लाग़र कर देगा, और बहरी ममालिक के सब बाशिन्दे अपनी अपनी जगह में उसकी इबादत करेंगे।
अनि तिनीहरूले परमप्रभुको भय मान्नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
12 ऐ कूश के बाशिन्दो, तुम भी मेरी तलवार से मारे जाओगे।
ए कूशी, तिमीहरूलाई पनि मेरो तरवारद्धारा प्रहार हुनेछ,
13 और वह शिमाल की तरफ़ अपना हाथ बढ़ायेगा और असूर को हलाक करेगा, और नीनवा को वीरान और सेहरा की तरह ख़ुश्क कर देगा।
र परमेश्वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।
14 और जंगली जानवर उसमें लेटेंगे, और हर क़िस्म के हैवान, हवासिल और ख़ारपुश्त उसके सुतूनों के सिरों पर मक़ाम करेंगे; उनकी आवाज़ उसके झरोकों में होगी, उसकी दहलीज़ों में वीरानी होगी, क्यूँकि देवदार का काम खुला छोड़ा गया है।
त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।
15 ये वह शादमान शहर है जो बेफ़िक्र था, जिसने दिल में कहा, मैं हूँ, और मेरे अलावा कोई दूसरा नहीं। वह कैसा वीरान हुआ, हैवानों के बैठने की जगह! हर एक जो उधर से गुज़रेगा सुसकारेगा और हाथ हिलाएगा।
यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।